सभामुख अग्निप्रसाद सापकोटा यस कारण बनेका छन सिन्धुपाल्चोकवासीका प्रिय “अग्नि सर”
कपन अनलाइन
काठमाडौं ,साउन ३०।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ मा पहिरो गएको स्थानमा आपतकालीन उद्दार र राहतको पहलका लागि सभामुख अग्नि प्रसाद सापकोटा घटना स्थलमा पुगेका छन।सिन्धुपाल्चोक जिल्लाका हुने प्रत्येक घटना र प्रकोपका समयमा जनताको माझमा पुग्दै आएका सापकोटालाई जिल्लावासीले माया गरेर संबोधन गर्ने शव्द हुन् “अग्नि सर “। करिव १५ वर्ष शिक्षण पेसामा बिताएका सापकोटा पिडामा परेका जनताको घर दैलोमा पुग्दा प्राय स्थानीयले उनलाई “अग्नि सर ” भनेर नै संबोधन गर्ने गरेका छन।
सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक जिल्ला बाट पटक पटक प्रतिनिधि सभामा निर्वाचित भएका चर्चित नेता हुन। नेपालको शिक्षक आन्दोलनको केन्द्रीय नेतृत्वमा रहेर शैक्षिक र राजनीतिक यात्रामा रहेका सापकोटा पार्टी प्रवक्ता र मन्त्रि समेत बनिसकेका छन।
रास्ट्रिय राजनीतिमा स्थापित सापकोटा अहिले प्रतिनिधि सभाको सभामुख रहेका छन। राज्यको प्रमुख अंगका रुपमा रहेको व्यवस्थापिकाको प्रमुख सापकोटालाई केन्द्रमा सबैले सभामुखका रुपमा सम्बोधन गरे पनि सिन्धुपाल्चोकवासीले भने उनलाई सधै अग्नि सर भनेर सम्बोधन गर्ने गरेका छन।
लामो समय सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका प्रधानाध्यापक रहेका सापकोटाले शिक्षण पेशा छोडेर राजनीतिमा प्रवेस गरि २०४८ शालको प्रतिनिधि सभाको निर्वाचनमा संयुक्त जनमोर्चा नेपालको तर्फ बाट उम्मेदवार रहेका थिए।
समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटा सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते जन्मिएका थिए।सापकोटा सभामुख हुनुभन्दा अगाडी नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य रहेका थिए।फोटो सौजन्य :गोविन्द बहादुर बटालाको फेसबुक पेज