बुढानिलकण्ठ -१ मा ६५ वर्षीय लामा सहित डेढ दर्जन भन्दा बढी नेकपा प्रवेस
कपन अनलाइन
काठमाडौं ,साउन ३०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा ६५ बर्षिय मान बहादुर लामा सहित २० जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रवेस गरेका छन।नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ -१ कमिटिको आयोजनामा भएको पार्टी प्रवेस कार्यक्रममा नेपाली कांग्रेस र अन्य पार्टी परित्याग गर्दै २० जना नेकपा प्रवेस गरेका थिए।
नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेस कमिटि सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यता र वडा नं १ कमिटिका अध्यक्ष मनिष भण्डारीको अध्यक्षतामा भएको पार्टी प्रवेस कार्यक्रममा बागमति प्रदेश कमिटि सचिबालय सदस्य सुन्दर पुर्कुटी,नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य विदुर विक्रम खडका ,वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा लगायत अतिथि रहेका थिए।
नेपाली कांग्रेस लागयतका पार्टी बाट आएका नवप्रवेसीहरुलाई स्वागत गर्दै काठमाडौं जिल्ला कमिटि सचिवालय सदस्य बिदुर बिक्रम खडकालेआउने दिन युवाहरुको रहेको भन्दै नेकपाले उनीहरुको राजनीतिकर सामाजिक योगदानको कदर गर्ने बताएका थिए।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि खरेलले देशकाे लागि नेकपा भएकाे र आन्तरिक सामान्य विवादले पार्टीमा कुने असर नपर्नेभन्दै नगरले गरेका कामहरुका वारेमा जानकारी दिएका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाको संयोजन र हरि भारती तथा सुशिला कठायतको सहयोगमा भएको सो पार्टी प्रवेस कार्यक्रमको संचालन नेकपा बुधनिल्काण्ठ नगर कमिटि सदस्य बिनामया थिंग गरेकी थिइन्।