ट्राफिक प्रहरीको पहलमा गोकर्णेश्वर नगरपालिकामा सचेतना सहित मास्क वितरण

ट्राफिक प्रहरीको पहलमा गोकर्णेश्वर नगरपालिकामा सचेतना सहित मास्क वितरण

कपन अनलाइन

काठमाडौं ,साउन २८।

ट्राफिक प्रहरी बौद्धको पहलमा गोकर्णेश्वर नगरपालिकामा सचेतना सहित मास्क वितरण गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुवेदीको सहयोगमा प्राप्त मास्कलाई आनन्दपुर युवा समुह काठमाडौं महानगरपालिका वडा नं ६ र नेपाल सप्रिय तथा सृजनशील युवा समुह गोकर्णेश्वर ८ ले सचेतना फैलाउदै विभिन्न क्षेत्रमा वितरण गरेका थिए।

वडा नं ५ को कार्यालय जोरपाटीबाट अध्यक्ष नारायण सुवेदीले शुरुवात गरेको उक्त सचेतना कार्यमा सहभागी युवाहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए भने विना मास्क सडकमा हिडेका व्यक्तिहरुलाई सचेत गराउदै मास्क वितरण गरेका थिए।

नगरवासीमा कोरोना प्रकोपको संक्रमण प्रति सचेतना कमि भै विना मास्क लापरवाही पुर्वक हिडडुल गर्ने क्रम बढे संगै ट्राफिक प्रहरी बौद्धका प्रमुख निरीक्षक नबिन अधिकारीको पहलमा उक्त कार्य शुरुवात गरिएको एक ट्राफिक प्रहरीले बताएका छन।

तपाइँको प्रतिक्रिया ।