गोकर्णेश्वर ३ सुन्ताखानमा श्रावण २४ गते शनिबार बृहत रक्तदान हुने
कपन अनलाइन
काठमाडौं, श्रावण २१।गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । स्वतन्त्र टोल सुधार समिति र बिभिन्न लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका बिभिन्न लायन्स क्लब सहित अन्य संघ संस्था संगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष लायन जयराम बिष्टले कपन अनलाइनलाइ बताए ।
यस भन्दा अघि पनि सोहि संस्थाले लायन्स क्लब संगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ११० दिन पछि श्रावण २४ गते शनिबार रक्त संचार केन्द्र को प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यालय परिसरमा आयोजना हुन लागेको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न समेत उनले अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।