प्रदेश १ का मन्त्रि संग मुख लाग्ने कट्टेल मुख्यमन्त्री कार्यालय तानिए

प्रदेश १ का मन्त्रि संग मुख लाग्ने कट्टेल मुख्यमन्त्री कार्यालय तानिए

कपन अनलाइन

काठमाडौं ,साउन २१।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्रालयमा कार्यरत शिक्षा शाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेल मुख्यमन्त्री कार्यालयमा तानिएका छन् । कट्टेलले कोभिड रोकथामका बेला करारमा स्वास्थ्यकर्मी कर्मचारी राख्न खोज्दा मन्त्री जीवन घिमिरेलाई नै बाधा हालेका थिए । आवश्यक काममा बाधा नगरौ  भन्दा कट्टेलले ‘हामीले भनेको नमान्ने, हामी तपाईंजस्तो मन्त्री हुन सक्दैनौँ र ?’ भनेर जवाफ फर्काएका थिए ।
सामाजिक विकास महाशाखाकी प्रमुख दुर्गा बराल भण्डारीले पनि मन्त्रीलाई भुलभुलैयामा राखिरहेको बताइन्छ । उनले गर्नुपर्ने काम नगरिदिँदा मन्त्री र राज्यमन्त्रीहरू आजित छन् ।

उनकै कारण मोरङको ग्रामथान गाउँपालिकामा गत असारमै शिलान्यास गरिसक्नुपर्ने मानव सेवा ग्राम त्यत्तिकै छ । मन्त्रालयले प्रदेशका ज्येष्ठ नागरिक र सडकमा भौंतारिने बेसहाराहरूको संरक्षणका लागि मानव सेवा आश्रम बनाउन लागेको थियो । त्यसका लागि सरकारले १२ बिघा जमिन खरिद गरेर एक करोड बजेट विनियोजन गरिसकेको छ ।
मन्त्रालयमा असहयोगी अर्का कर्मचारी हुन् कानुन अधिकृत निर्मल भट्टराई । उनले कानुनी मस्यौदा निर्माण गर्न हदैसम्म ढिलाइ गरिरहेका छन् । उनको ढिलासुस्तीले मन्त्रालयले अझै दलित सशक्तिकरण विधेयकको मस्यौदा निर्माण गर्न सकेको छैन ।
मन्त्री जीवन घिमिरे कोभिड १९ रोकथामका लागि पाँच महिनादेखि दिनरात नभनी खटिरहेका छन् । हरेक बैठक र छलफलमा सहभागिता जनाउने, फिल्डमा पनि उत्तिकै खटिने बानी छ । सरल बोली बोल्ने उनको कार्यशैलीलाई कर्मचारीले निरीहताको रूपमा लिने गरेका छन् । मन्त्रालयका कतिपय शाखा, महाशाखामा त नजरानाबिना फाइल नै अगाडि बढ्दैन ।सामाचार साभार : जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।