बिरोधीले जति नै दुस्प्रचार गरे पनि टोखा नगरबासीले हाम्रो कामको उच्च मूल्यांकन गर्नेछन :नगर प्रमुख प्रकाश अधिकारी
कपन अनलाइन
काठमाडौं श्रावण २० । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले ‘सकारात्मक सूचना र सञ्चार विकासको मेरूदण्ड , समाजको प्राणवायु भएको हुँदा यसले समाजलाई सही दिशामा डोर्याउन ठूलो योगदान गर्ने बताएका छन।मदन भण्डारी फाउन्डेसन टोखा नगर कमिटीले ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरेको नेपालको कम्युनिट आन्दोलनको लोकतान्त्रिकरण विषयक विचार गोष्ठीमा नगर प्रमुख अधिकारीले काठमाडौं महानगर पछिको सम्पन्न नगरपालिकाहरू मध्ये टोखा हरेक दृष्टिले अग्रपंक्तिमा रहेको बताए ।उनले आफ्ना नगरबासी युवा तथा महिलाहरूलाई वैदेशिक रोजगारीमा जानू नपर्नेगरी ११वटै वडामा आत्मनिर्भरता र अवसरको प्याकेज ल्याउने बताए ।
नगरको हरेक गल्ली, गौँडा र चोकहरूमा ‘मेयर उज्यालो’ अन्तर्गत बत्तीको व्यवस्था गर्नुका साथै सीसीटीभी क्यामेरा जडान गरेर अपराधमुक्त नगरपालिका बनाउने प्रतिबध्दता व्यक्त गर्दै आगामी २५ वर्षसम्म टोखा नगरपालिकालाई नेकपाको किल्ला बनाउने गरि आफ्नो कार्यकाललाइ अर्थपूर्ण बनाउने प्रतिबद्दता ब्यक्त गरेका थिए । जति नै दुष्प्रचार गरे पनि नगर बासीले आफ्नो कामलाई उच्च मूल्यांकन गर्ने बिस्वास ब्यक्त गरेका थिए। उनले टोखा नगरलाई समृद्दी उन्मुख गराउन सकारात्मक योजना, राय र दृष्टिकोणको सदैव स्वागत गर्ने भन्दै भाँजो हाल्ने तत्व र शक्तिको कुनै गुन्जाइस नरहेको दाबी गरेका थिए ।