गोकर्णेश्वर नगरपालिका वडा नं ६ को सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं ,श्रावण २० । गोकर्णेश्वर नगरपालिका वडा नं ६ ले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ।
वडा अध्यक्ष रमेश अर्याल द्वारा हस्ताक्षरित गरिएको उक्त सुचना मार्फत राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागको मिति २०७७ साउन १६ गतेको चलानी नं १६३ को प्राप्त पत्रानुसार सामाजिक सुरक्षा भत्ता खाइ पाई आएका ६० वर्ष उमेर नपुगेका बिधवा तथा अति अशक्त अपांगता भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण र नया निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ रनियमावली २०७६ जारी भएपछि स्थगित रहेकोमा हाल संशोधन प्रक्रियामा रहेको सामाजिक सुरक्षा ऐन २०७५ संशोधन भए पछि सोहि बमोजिम हुने गरि त्यस्ता लाभग्राहीहरुको नवीकरण गर्ने भन्ने मिति २०७७ साल साउन १५ गते गृह मन्त्रालय (माननीय मन्त्रीस्तर)को निर्णय भएको हुँदा सोहि अनुसार त्यस्ता लाभग्राहीहरुको नवीकरण साउन मसान्त भित्र तथा नयाँ निवेदन दर्ता गराउन हुन वडाबासीहरुलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।