बुढानिलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,साउन १७।

बुढानिलकण्ठ नगरपालिकाका चार जनामा कोरोना संक्रमण पुस्टि भएको छ। विहिवार ,सुक्रवार र सनिवार आएको  PCR परिक्षणको   नतिजाका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का तिन जनामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ३ र वडा नं ७ का दुई जनामा कोरोना संक्रमण देखिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का ३५ वर्षीय पुरुष ,३२ र ४१  वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ३  का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका संक्रमितहरुको कन्ट्रयाक्ट तट्रेसिंग सकिएको र आइतवार सबैको स्वाव संकलन गरिने जानकारी दिदै स्वास्थ्य शाखाले सचेत र सजग रहन नगरवासीमा अनुरोध गरेको छ।

संक्रमित मध्ये तिन जना बलम्बु र एक जनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।