नागरिक सचेत हुन सके विकास निर्माणका कार्यले गति पाउछ :दिपेन्द्र लामा (वडा अध्यक्ष काठमाडौं महानगरपालिका वडा नं ६)
कपन अनलाइन
काठमाडौँ, श्रावण १६ ।काठमाडौं महानगरपालिका वडा नं ६ त्रिबेणी चोकमा रहेको सगरमाथा त्रिबेणी सामुदायिक संस्थाको सातौ बार्षिक साधारण सभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार काठमाडौं महानगरपालिका वडा नं ६, बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमानामा रहेको उक्त संस्थाको साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौँ महानगरपालिका वडा नं ६का वडा अध्यक्ष दिपेन्द्र लामाले आयोजकलाइ धन्यबाद दिदै ज्येष्ठ नागरिकलाइ सम्मान गर्न पाउदा आफुलाई भाग्यमानी अनुभूति गरेको बताए।
उनले काठमाडौं महानगरपालिका बाट प्रदान गरिने ज्येष्ठ नागरिक भत्ता लिइरहनु भएको छ कि छैन भन्दै प्रश्न गर्दै हाल काठमाडौं महानगरपालिकाले ७५ वर्ष उमेर पुरा भएका महिला र ८० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकलाइ जनही १२ हजार रुपैया प्रदान गरिरहेको बताए। जेष्ठ नागरिकले समाजलाई पुर्याएको योगदानको सम्मान स्वरुप यो भत्ता वितरण गरिएको उनले बताए । कोही पनि जेष्ठ नागरिकले मेरो कोही पनि छैन भन्ने महसुस गर्नु नपरोस् भनेर भत्ता प्रदान गरिएको भन्दै जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि बिताए । पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस भनेर त्यो सुबिधा दिएको हुदा नपाएको भए वडामा सम्पर्क गरि नवीकरण गर्न अनुरोध गरेका थिए ।
उनले सगरमाथा त्रिवेणी सामुदायिक संस्था मार्फत त्रिबेणी मार्गमा थुप्रै कामहरु भएको बताउदै नागरिक सचेत हुन सके विकास निर्माणका कार्यले गति पाउने बताए। उनले नागरिकलाई सहभागी गराइएको कार्यमा भ्रस्टाचारको सम्भावना पनि कम हुने र काम पनि गुणस्तर हुने बिस्वास ब्यक्त गर्दै यस्तो बताएका हुन्। उनले विकास निर्मणमा मात्र नभई जनप्रतिनिधिले के कसरि काम गरिरहेका छन् त्यसको समेत निगरानी गरि गलत भएको भए सच्याउन को लागि प्रश्न गर्न सक्ने स्थितिको सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
उनले कोरोना भाइरसका कारण ढिला सुस्ती भएका तथा रोकिएका कार्यलाई अब निरन्तर रुपमा अगाडी बढाउने बताए। उनले बिगतमा मा भन्दा अहिले सो टोलमा परिवर्तन भएको र धेरै विकास निर्माणका कामहरु भएको बताए कुनै बेला बिकासको सम्भावना नै छैन भन्नेहरुको लागि सो टोल नमुना भएको जहाँ विकासले फड्को मारेको बताए।
सडक निर्माण पश्चात अस्पताल सम्म जानको लागि सहज बनेको त्यसको सबै श्रेय टोलबासी समुदायलाइ जाने बताए ।नाम नै त्रिबेणी चोक जुन तीन वटा नगरपालिकाको संगम भएको बताउदै काठमाडौं महानगरपालिका वडा नं ६ को धेरै सिमाना संग जोडिएको वडा भएको हुँदा पनि सबै तिर विकास निर्माणको काम गर्ने प्रयास गरिएको भन्दै त्रिवेणीचोकलाइ पनि बिशेष महत्वका साथ प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
सागरमाथा त्रिवेणी सामुदायिक संस्थामा पनि तीन जना एकदमै क्रियाशील सक्रिय ब्यक्ति रहेको भन्दै त्यो क्रियाशीलता लाइ थप मजबुद बनाउन अनुरोध गरेका थिए। सबै जना एकजुट भएर अघि बढ्दा कुनै पनि समस्या समाधान गर्न कठिनाइ नहुने पनि बताए ।उनले सोहि स्थानमा ज्येष्ठ नागरिक भवन ,पार्क बन्न लागेको जसको सर्वे समेत भई सकेको जानकारी गराउदै जसमा करोडौं रुपैया ल्याउने प्रयास गरिराखेको बताए ।