अर्थोपेडिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्दै वि.पि कोइरालाको ३८ औं स्मृति दिवस मनाइयो

अर्थोपेडिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्दै वि.पि कोइरालाको ३८ औं स्मृति दिवस मनाइयो

कपन अनलाइन

काठमाडौँ, श्रावण ७ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी  मंगलबार  मनाइएको  छ ।वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरि बिपी लाइ सम्झिएका छन ।  यसै अवसरमा  नेपाल बिद्यार्थी संघ काठमाडौं क्षेत्र नं ३को आयोजनामा नेपाल अर्थोपेडीक अस्पतालमा उपचाररथ बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा  नेपाल विद्यार्थी संघका  केन्द्रीय सभापति राजीव ढुङ्गाना रहेका थिए भने बिशेष अतिथिमा बागमती प्रदेश सभा  सदस्य माननीय  छिरीङ दोर्जे लामा, नेपाली कांग्रेस काठमाडौँ जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३सभापति एवम् गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ सचिव एवम् गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नेबी संघ  काठमाडौँ क्षेत्र नं  ३ का सभापति राजेश अधिकारी, उपसभापति असितमान श्रेष्ठ, लगायत नेपाली कांग्रेस  नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो।उक्त अस्पतालमा उपचाररथ करिब ५० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको नेविसंघ काठमाडौँ क्षेत्र नं  ३ का सभापति राजेश अधिकारीले कपन अनलाइन लाइ जानकारी गराए ।

कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहेको बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

तपाइँको प्रतिक्रिया ।