सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नाम नवीकरण गर्न गोकर्णेश्वर ५ को अनुरोध
कपन अनलाइन
काठमाडौँ, श्रावण ७ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नाम नवीकरण गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ। वडा अध्यक्ष नारायण बहादुर सुवेदी द्वारा हस्ताक्षरित उक्त सुचनामा सामाजिक सुरक्षा नियमावली २०७६ ले व्यवस्था गरे अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आगामी आर्थिक वर्ष २०७७/७८मा भत्ता लिन चाहेमा २०७७ साल श्रावण महिना भित्र वडा कार्यलयमा गइ नवीकरण गर्नुपर्ने व्यवस्था भएकोले सम्बन्धित लाभग्राहीहरुले निम्न कागजपत्र लिई वडा कार्यलयमा आइ नाम नवीकरण गर्न अनुरोध गरिएको छ ।
आवश्यक कागजात :
निवेदन पत्र,
नागरिकता प्रमाण पत्रको प्रतिलिपि १
सामजिक सुरक्षा भत्ता कार्डको सक्कल १
सामाजिक सुरक्षा भत्ता कार्डको प्रतिलिपि १
बसाइ सराइ गरि आएको भए सो को प्रतिलिपि १
तपाइँको प्रतिक्रिया ।