बुढानिलकण्ठ विपद व्यवस्थापन समितिको बैठक सम्पन्न ,र्यापिड रेस्पोन्स टिम (RRT ) गठन

बुढानिलकण्ठ विपद व्यवस्थापन समितिको बैठक सम्पन्न  ,र्यापिड रेस्पोन्स टिम (RRT ) गठन

कपन अनलाइन

काठमाडौं ,साउन ६।

बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर र्यापिड रेस्पोन्स टिम (RRT ) बनाएको को छ।अविरल वर्षाका कारण नगरपालिकाका विभिन्न स्थानमा पहिरो तथा डुवानको समस्या देखिए पछि बसेको समितिको बैठकले भौतिक तथा मानवीय क्षेतीहरु न्यूनीकरण गर्नका लागि सो टिमलाई परिचालन गर्ने निर्णय गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले क्षेती पुगेका स्थानहरुको निरीक्षण ,राहत तथा उद्दारका लागि तयार रहने गरि उक्त टिम बनाएको हो।

नगरपालिकाले गठन गरेको र्यापिड रेस्पोन्स टिम:

संयोजक :दिपक भण्डारी

सदस्य :बैकुण्ठ भण्डारी

सदस्य : शम्भु कुमार  थापा

सदस्य :पुस्कर चालिसे (रेडक्रस कपन उपशाखा )

सदस्य :नवराज भण्डारी (रेडक्रस बुढानिलकण्ठ उपशाखा )

सदस्य :कपन प्रहरी प्रभाग

सदस्य : बुढानिलकण्ठ प्रहरी प्रभाग

सदस्य :नगर प्रहरी बुढानिलकण्ठ

सदस्य सचिव :बिनोद पाठक

बाढी ,पहिरो वा अन्य कुनै पनि किसमका जोखिम परेको खण्डमा ९८४९५२५१ ६५ नम्बरमा सम्पर्क गर्नकालागी नगरपालिकाले अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।