बुढानिलकण्ठ नगरपालिकामा “पर्यटन पूर्वाधार समृद्धिको मूल आधार”

बुढानिलकण्ठ नगरपालिकामा “पर्यटन पूर्वाधार समृद्धिको मूल आधार”

कपन अनलाइन

काठमाडौं ,असार ३०।

बुढानिलकण्ठ नगरपालिकाले “पर्यटन पूर्वाधार समृद्धिको मूल आधार”  भन्ने नारा तय गरेर पर्यटन प्रवर्धनलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको छ।

शिवपुरी पर्वत शृंखलाको काखमा रहेको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी बुढानिलकण्ठ नगरपालिकाले पर्यटन पूर्वाधार विकास र प्रवर्धनका लागि विभिन्न योजनाहरुलाई नीति तथा कार्यक्रममा समेटेको छ।

सुन्दर प्रकृति ,उन्नत संस्कृति र विविध मानव बस्ति रहेको बुढानिलकण्ठ नगरपालिकाले पर्यटन पूर्वाधार विकास  समृद्धि र रोजगार शिर्षक अन्तर्गत निम्न योजनाहरु नीति तथा कार्यक्रममा राखिएको छ।

१. बुढानिलकण्ठ -५ डाँडागाउँ-चिसेनी -मुहान पोखरी -तौलुंग -तारेभिर -जगडोल पर्यटन पदमार्ग निर्माण

२.आइतवारे पार्क चिसेनी  बागमती  प्रदेस सरकारको सहयोगमा निर्माण

३.बुढानिलकण्ठ मन्दिर क्षेत्रको सौन्दर्यिकरण र विस्तारका लागि संघीय सरकार संग पहल गर्ने

४.बागद्वार ,विष्णुद्वार ,विष्णुमति ,धोवीखोला क्षेत्रको प्रवर्धन कार्यक्रम

५.सामुदायिक बन क्षेत्रको बैज्ञानिक विकास र प्रवर्धन

६.बुढानिलकण्ठ पर्यटन प्रवर्धन बोर्डलाई बजेट व्यवस्थापन तथा कार्यान्वयनमा प्राथमिकता

 

तपाइँको प्रतिक्रिया ।