बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा एक घर एक कागतीको विरुवा अभियान शुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा एक घर एक कागतीको विरुवा अभियान शुरु

कपन अनलाइन

काठमाडौं ,असार २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा एक घर एक कागतीको विरुवा अभियान शुरु भएको छ। वडा नं ६ ले वडामा रहेका प्रत्येक घरहरुमा  विरुवा वितरण गरि वडालाई हरियाली बनाउने योजना अनुसार सो कार्यको थालनी गरिएको वडा कार्यालयले जानकरी दिएको छ।

पहिलो चरणमा च्यासुण्डोल युवा क्लबको सहयोगमा वडाका करिव ७०० घरहरुलाई सो विरुवा वितरण गरिएको वडा नं ६ का अध्यक्ष नबिन केसीले बताएका छन।

वडामा हरियाली प्रवर्धन तथा फलफुलका विरुवा मार्फत स्वस्थ फलफुल उत्पादन तथा प्रयोग गर्ने कामलाई प्रवर्धन गर्न अभियानकै रुपमा संचालन गरिने केसीले जानकारी दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।