काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलमा ओभरहेड पुल राखियो

काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलमा ओभरहेड पुल राखियो

कपन अनलाइन

काठमाडौं ,असार १७ ।

काठमाडौं महानगरपालिका वडा नं ७ चावहिलमा ओभरहेड पुल राखिएको छ। काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा आवतजावतका लागि सहजता ल्याउन पुल  स्थापना गर्ने योजना अनुसार चावहिल -मित्रपार्क खण्डमा  सो ओभरहेड पुल राखिएको हो।

सो  ओभरहेड पुल राख्ने काम सम्पन्न भएको र केहि प्राविधिक काम पश्चात सो पुलमा मानिस आवतजावत गर्न सकिने वडा नं ७ का अध्यक्ष सुद्ध डंगोलले बताएका छन।करिव ८२ लाखको लागतमा निर्माण भएको यो पुल संगै चावहिल -चुच्चेपाटी  खण्ड र मित्रपार्कमा पनि पुल राख्ने योजना रहेको बताउदै वडा अध्यक्ष डंगोलले यसले सवारी दुर्घटनाको जोखिम हटाउनुका साथै आवागमनमा सजिलो बनाउने विस्वास व्यक्त गरेका छन।

काठमाडौंको महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा रहेको चावहिलमा पुल निर्माण भए संगै जोखिम मोलेर बाटो काट्नु पर्ने समस्या बाट स्थानीय हरुले अव मुक्ति पाएका छन। धेरै शैक्षिक तथा ब्यापारिक संस्था रहेको चावहिल क्षेत्रमा यस अघि सडक बाट नै बाटो काट्ने गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।