पाँचपाेखरी थाङपाल गाउँपालिकामा रोपाइँ महोत्सव सम्पन्न

पाँचपाेखरी थाङपाल गाउँपालिकामा रोपाइँ महोत्सव सम्पन्न

कपन अनलाइन

सिन्धुपाल्चोक ,असार १५ ।

“धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि”  नाराका साथ  पाँचपाेखरी थाङपाल गाउँपालिकामा रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको  छ ।

पाँचपाेखरी थाङपाल गाउँपालिका कृषि शाखाकाे आयाेजनामा भएको रोपाई महोत्सवमा गाउँपालिका प्रमुख टासी लामाकाे आतिथ्यतामा   करिव १५ राेपनी खेतमा राेपाई गरिएको थियो।

असार १५ किसानहरुकाे मुख्य दिवस भएकाे र संघीय सरकारले २०६१ साल देखि राष्ट्रिय पर्वकाे रुपमा यस दिनलाई चाडकै रुपमा मनाउँदै आएकाेमा यस वर्ष पनि सो  दिवस मनाइएकाे कृषि विकास शाखा प्रमुख निमराज गिरीले बताएका छन ।

त्यस्तै गाउँपलिकालाई पर्यटन र निर्वाहमुखी नभई उत्पादनमुखी कृषिको केन्द्र बनाउने अभियान अन्तर्गत यो दिवस तथा महोत्सव आयोजना गरिएको गाउँ पालिका अध्यक्ष टासी लामाले जानकारी दिएका छन।

सो महोत्सवमा गाउँ पालिकाका वडा अध्यक्ष ,सल्लाहकार ,कर्मचारी तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।