हेलम्बु गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
कपन अनलाइन
सिन्धुपाल्चोक ,असार ११/दिपक विक्रम देउजा
हेलम्बु गाउँपालिकाको आ.व.२०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सातौ गाउँसभाबाट पारित भएको छ ।गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निम्न मुख्य योजना तथा कार्यक्रमहरु समावेस गरिएको छ।
स्वास्थ्य :
१. दिर्घरोगीहरुलाइ निशुल्क औषधि व्यवस्था
२. हेलम्बुवासीहरुको न्युनतम लागत सहभागितामा नि:शुल्क स्वास्थ्य उपचार कार्यक्रम
३. सुत्केरी आमाहरुको घरमै पुगी स्वास्थ्य जाँच
४. सुत्केरी आमाहरुको लागि थप प्रसुति पोषण खर्चलाइ निरन्तरता
५. महिला स्वा.स्वं.से. हरुको मासिक खाजा यातायात खर्च निरन्तरता
६. जनप्रतिनिधि, कर्मचारी, शिक्षकहरुको कोरोना विमा
७. गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्न पहल
कृषि तथा पशुपालन :
१. रासायनिक मललाइ कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङकै मुल्यमा उपलब्ध गराउन अनुदान
२. एक घर एक कृषि टनेल कार्यक्रम
३. कृषक परिचयपत्र वितरण तथा अनुदान व्यवस्थापन
४. बाली नाली संरक्षण घेरावारको लागि गाउँपालिकाको समन्वयमा ५० प्रतिशत अनुदान
वन तथा वातावरण:
१. वातावरण संरक्षण कोषलाइ निरन्तरता
लक्षित वर्ग :
१. एकल पुरुष भत्तालाइ निरन्तरता र यस आ.व.देखि वृद्दि गरी रु१०००/- वितरण
२. दलित औधोगिक क्षेत्र स्थापना
शिक्षा, युवा तथा खेलकुद :
१. शिक्षक अभाव, कोभिड १९ आदि समस्याको समाधानको रुपमा अनलाइन शुरुवात
२. विद्यालयहरुमा स्वयंसेवक शिक्षक पठाउन विशेष पहल
३. हेलम्बु नमुना विद्यालय निर्माणलाइ निरन्तरता
४. शिक्षक तथा कर्मचारी सुरक्षा कोष, कल्याकारी कोष, अस्थायी अवकाश कोष, विद्यालय सहयोगीहरुको लागि थप भत्ता तथा पोषाक भत्तालाइ निरन्तरता
५. वाल विकास सहजकर्ता, लेखापाल र प्र.अ.हरुलाइ थप भत्तालाइ निरन्तरता
६. सम्बोटा लिपि र संस्कृत लिपि अध्यापन कार्यक्रमलाइ अन्य विद्यालयमा विस्तार गरिने
७. गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि छात्रवृति कार्यक्रम
८. कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुलाइ खाजा कार्यक्रम
९. एक वडा एक खेलकुद मैदान
पर्यटन :
१. हेलम्बु ग्रेट ट्रेल निर्माण निरन्तरता
२. टेन्डर भइसकेको ङिमादावा पाङगाङ पुलमा बन्जी जम्पिङको तयारी
३. भेम्थाङमा Mountaineering Training Center विकासको तयारी
४. सेमेसिदाङमा Ski Training Center विकासको तयारी
५. हेलम्बु लाङटाङ क्षेत्र जोड्न हेलम्बु गाङजाला पर्यटन मार्ग, हेलम्बु सेमेसिदाङ लाङटाङ पर्यटन मार्ग र हेलम्बु गोसाइकुण्ड पर्यटन मार्ग निर्माणलाइ निरन्तरता
यातायात पूर्वाधार :
१. काठमाडौ-हेलम्बु र हेलम्बु-रसुवा स्याप्रुवेशी टनेल मार्ग (मिलारेपा मार्ग)को Feasibility Study कार्य निरन्तरता
२. ङ्याङ्ला आनि आस्याङ कृषि सडक निर्माण
३. गाउँपालिका स्तरिय चक्रपथ (रेडपाण्डा मार्ग) डि.पि.आर सँगै निर्माण कार्य अगाडि बढाइने
विपद् व्यवस्थापन :
१. Disaster Evacuation Center निर्माणको लागि पहल गर्ने
२. कोभिड-१९ को कारण व्याज तिर्न नसकेका कृषि पशु तथा पर्यटन व्यवसायीहरुको ३ महिनाको ब्याज तिर्न सहयोग
रोजगार :
१. सिपमुलक तालिम र व्यवसाय प्रवर्दनका लागि युवा स्वरोजगार कोष स्थापना
२. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गता वेरोजगारहरुलाइ सार्वजनिक विकास निर्माणमा परिचालन