बागमती प्रदेसका ६६ वटै निर्वाचन क्षेत्रमा “पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम” संचालन हुने
कपन अनलाइन
हेटौडा ,असार ३।
बागमती प्रदेस सरकारले ६६ वटै प्रदेस निर्वाचन क्षेत्रमा “पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम” संचालन गर्ने भएको छ। बागमती प्रदेस सरकारको आर्थिक वर्ष २०७७ /७८ का लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमहरुलाई अगाडी सारिएको छ। युवा उधमशिलता, पूर्वाधार विकास , खेलाडीहरूको क्षमता विकास लगायतका कार्यक्रमहरु समेटिएको छ।
प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि प्रस्तुत गरेका योजनाहरु :
१. युवा नेतृत्व विकास र उद्यमशीलताका लागि प्रदेश युवा परिषद् स्थापना र सञ्चालन गर्ने व्यवस्था मिलाएको छु । नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यवसायिक उपयोग गर्दै नवप्रवर्तक व्यक्ति वा संस्थाहरूलाई उत्प्रेरित गर्न युवा वैज्ञानिक प्रोत्साहन कोष मार्फत् रु ५ करोड विनियोजन गरेको छु ।
२. नवप्रवर्तन एवम् सृजनशील उद्यमशीलतालाई प्रोत्साहन गर्न नवप्रवर्तन कोष स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
३. विद्यमान कोभिड (१९ को विश्वव्यापी महामारीबाट आम नेपालीले विदेश तथा स्वदेशमा समेत रोजगारी गुमाएको अवस्थामा विदेशमा सिकेको सीपको प्रयोग तथा रोजगारीमा राहत स्वरूप “पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम” ६६ वटै निर्वाचन क्षेत्रमा संचालन गर्न प्रति निर्वाचन क्षेत्र रु। १५ लाखका दरले विनियोजन गरेको छु ।
यो कार्यक्रम प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहित जनताको वृहत सहभागितामा संचालन हुनेछ । विनियोजित रकम सिंचाई तथा तटबन्धन, सडक, खानेपानी तथा सरसफाई, शहरी विकास, ताल तलैया, पोखरी, उद्यान जस्ता भौतिक पूर्वाधार निर्माणको काममा मात्र परिचालन हुनेछ ।
४. विकास, गतिशिलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वाधारमा योजनाबद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरुको निरन्तरता एवम् स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्य तथा खेलाडीहरूको क्षमता विकास, स्थानीय खेल प्रवर्द्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता एवम् राष्ट्रिय प्रतियोगितामा सहभागिता समेतको व्यवस्था मिलाएको छु । खेलकुद विकासको क्षेत्रमा रू।७९ करोड १३ लाख छुट्याएको छु ।