तारकेश्वर -११ नेपालटार बाट ठुलो परिमाणमा विस्फोटक पदार्थ बरामद
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३२ ।
काठमाडौंको तारकेश्वर -११ नेपालटारमा रहेको बिप्लव नेकपाका ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यको कोठा बाट ठुलो परिमाणमा विस्फोटक पदार्थ बरामद गरिएको छ।
तारकेश्वर नगरपालिका-११, नेपालटार सानु खत्री केसीको उक्त घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ्ग एरियामा बस्दै आएका बज्राचार्यको कोठा बाट ग्रिनेड, बिस्फोटक पदार्थ, बम बनाउने सामग्री बरामद गरिएको छ ।
उनलाई हिजो बिहान साढे एघार बजे पाटन क्याम्पस पछाडि तापाहिटीबाट पक्राउ गरि उनैकै सुचनामा छापा मार्दा ति सामान बरामद भएको हो ।
तपाइँको प्रतिक्रिया ।