गोकर्णेश्वर नगरपालिकालाइ थप अनुसाशित ,बिकसित, प्रतिफल मुखी र रोजगार युक्त बनाउन सबैको सहयोग आवश्यक : प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे
कपन अनलाइन
काठमाडौँ, जेठ ३१ ।गोकर्णेश्वर नगरपालिकाले शुक्रबार आगामी आ.ब. ०७७/०७८ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न राय, सल्लाह तथा सुझाब संकलन हेतु बिज्ञ संग छलफल सम्पन्न भएको छ।गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यांकेटमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै केन्द्रको अवधारणा को बारेमा जानकारी गराएका थिए ।उनले लकडाउनको अवस्थामा पनि आगामी आ.ब. ०७७/०७८ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न राय, सल्लाह तथा सुझाब संकलनको लागि उपस्थित सबैलाई स्वागत गरेका थिए।
दुइ वटा कुराले यो समय अत्यन्तै महत्वपुर्ण र अत्यन्तै संबेदनशील रहेको बताउदै उनले चैत्र ११ गते ददेखि देश लकडाउनमा रहेको र यो बीचमा आर्थिक क्रियाकलापहरु, विकास निर्माणका क्रियाकलापहरु र हाम्रा दैनिक क्रियाकलापहरु लगभग ठप्प प्राय रहेको बताए ।बन्दा बन्दिको सुखद पक्ष भनेको बातावरण स्वच्छ भएको र हामिले स्वच्छ हावा फेर्न पाएको, धुलो धुवा खानु नपरेको बाहेक अन्य कुरामा खुम्च्याएको बताए ।
उनले आगामी दिनमा नीति कार्यक्रम बिधि प्रक्रियाहरुलाई परिवर्तन गरेर नया ढंग बाट सोचेर जानुपर्ने अवस्था कोरोनाको कारण सिर्जना भएको बताए ।उनले बिस्तारै केहि गतिबिधि खुलेपनि हाम्रा अघि चुनौतीहरु कम नभएको बताए । उनले बन्दा बन्दि को समय भनेको पढ्ने समय भएको कोरोना बाट कसरि जोगिनेओ, कसरि सामाजिक, भौतिक दुरी कायम गर्ने, सरसफाई गर्ने हात धुने ,आफु सुरक्षित बस्ने अरुलाई संक्रमण हुन बाट जोगाउन आफु पनि जोगिने भन्ने जानकारी लिने समय भएको भन्दै अबको समय भनेको कार्यलय खोलेर बजार खोलेर त्यो पढेको सिकेको ज्ञानलाइ व्यवहारमा उतार्ने प्रयोग गर्ने समय आएको बताए।
उनले हामि संघियता अभ्यासको चौथो वर्षमा रहेको भन्दै पहिलो सिंहदरवार सिंहदरबारमा मात्र थियो अहिले सिंह दरबार गाउ गाउमा पुगेको बताउदै ७५३ वटा सिंह दरबार भएको पनि भन्ने गरिने भन्दै सिंह दरबार गाउ गाउमा पुगे संगै सिंह दरबारले प्रवाह गर्नुपर्ने सेवा र सिंह दरबारमा भएका अधिकार स्थानीय तह सम्म पुगेको बताए। उनले सिंह दरबार जति टाढा थियो पहिला त्यति टाढा अहिले नभएको बताए तर उनले सिंह दरबारमा भएका कुरा प्रति जनता टाढा थिए, अहिले ७५३ सिंहदरबारमा भएका कुरा पनि जनताको पहुचमा रहेको बताए।
गोकर्णेश्वर नगरपालिका लाइ अझ बढी अनुसाशित ,बिकसित प्रतिफल मुखी,रोजगार युक्त नगर बनाउनको लागि नगरपालिका भित्र रहेका बिभिन्न बिषयमा बिज्ञता हासिल गरेका ब्यक्तिहरु बाट नगरको आगामी नीति कार्यक्रममहरु बजेटहरु कसरि चल्नु पर्छ ,कुन क्षेत्रमा बिनियोजन हुनुपर्छ कुन क्षेत्रलाई प्राथमिकता राख्नु पर्छ र कुन बिषय प्राथमिकतामा पर्छन भन्ने बिषयमा राय सुझाब दिनको लागि अनुरोध गरेका थिए। उनले नगरमा असर १० गते नगर सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम बजेट संचालनमा अत्यन्त मिहिनताका साथ केलाएर समाबेश गरि कार्य क्षेत्रमा लैजाने पनि बताए।
उनले यस वर्ष नगर ले चाहादा चहादै पनि कतिपय कामहरु गर्न नसकेको बताए ।उनले कतिपय ठेक्का प्रक्रियाका कुराहरु, सम्झौता गर्ने कुराहरु, निर्माणका कार्यहरुलाई जुन गतिमा लानु पर्थ्यो त्यति लान नसकेको बताए। उनले कोरोना लगायतको परिस्थिति आफ्नो ठाउमा रहेको भन्दै उनले यो वर्ष गोकर्णेश्वर नगरपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा बिषय क्षेत्रहरुलाई लिएर जाने बताए। उनले बिषय क्षेत्रमा विकास निर्माणको काम ,जसमा आर्थिक क्षेत्र सामाजिक क्षेत्र लगायत समेट्ने बताए उनले केन्द्रीय नीति तथा कार्यक्रमको फर्म्याटमा कार्यक्रम बनाउने बताए । उनले गोकर्णेश्वर प्राथमिक अस्पतालको स्तरउन्नति गरि उपकरण, त्यसको लागि जग्गा लिएर भवन निर्माण गर्नु पर्ने २४ सै घण्टा सेवा प्रवाह सुचारु गर्नु पर्ने आकस्मिक सेवा संचालन गर्नुपर्ने काम पनि रहेको बताए ।
उनले बातावरण तथा विपद व्यवस्थानमा बन तथा भू संरक्षण जलाधार संरक्षण, जलवायु,परिवर्तन फोहोरमैला व्यवस्थायन्त्र संचालन जल उत्पन्न प्रकोप नियन्त्रण, महामारी नियन्त्रण विपद व्यवस्थापन रहेको बताए। त्यस्तै उनले सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य संस्कृति प्रवर्धन, खानेपानी तथा सरसफाई,दलित महिला आदिवासी, जनजाति पिछडा वर्ग, ज्येष्ठ नागरिक बालबालिका लैंगिक समानता तथा सामाजिक समाबेशिकरण रहेको बताए ।
त्यस्तै उनले संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ मानब शंसाधन विकास, संस्थागत क्षमता विकास संस्थागत पूर्वाधार विकास नागरिक वडा पत्र र टोकन प्रणाली ,अभिलेख व्यवस्थापन बिधुतिय सुचना प्रबिधिको प्रयोग सार्वजनिक सुनुवाई सामाजिक परिक्षण सुचना तथा संचार व्यवस्थापन रहेको बताए।उनले छलफलका बिषयमा नीति तथा कार्यक्रम ,आर्थिक ऐन संग सम्बन्धित (कर ,शुल्क दस्तुर जरिवाना) रहेको बताए । उनले योजना तथा कार्यक्रमका प्राथमिकता को बिषयमा बोलेका थिए ।
फोटो :सरोज बस्नेत