पन्चकन्या महिला समुह गोकर्णेश्वर ९ द्वारा महिला हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण

पन्चकन्या महिला समुह गोकर्णेश्वर ९ द्वारा महिला हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण

कपन अनलाइन

काठमाडौं, जेठ ३१ । पन्चकन्या महिला समुह गोकर्णेश्वर ९ द्वारा महिला हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।सामाजिक दुरी कायम गरि संचालन गरिएको सो कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ९को सभाहल मा जेठ २९ गते देखि ३१ गते सम्म चल्ने  सो प्रशिक्षण उद्घाटन कार्यक्रमको प्रमुख अतिथि को रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,समाज सेवी रोजिना बिष्ट (रोज ) लगायत वडा सदस्यहरु पुरुषोत्तम थापा, हरिकृष्ण कारंजित ,सत्य भामा श्रेष्ठ  सहित प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजक वडा सदस्य गमला कुमारी परियार रहेकी छिन ।कार्यक्रममा करिब २० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा स्वागत मनतब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले आयोजकलाइ धन्यवाद दिदै लकडाउन मा घरेलु हिंसाका घटना बढेका समाचारहरु बाहिर आएको बताए।  उनले  अधिकांश महिला हिंशाका घटना माधक पदार्थ सेवन लागुऔषध लगायत् बाट हुने  पनि बताउदै  शान्तिप्रिय मानिस र मर्यादित समाजको लागि हिंसा जहिले पनि अप्रिय बिषय  भएको बताए।

हाम्रो समाजमा सदियौंदेखि नै हिंसाले स्थान लिँदै आएको बताए  । समाजमा पुरुषले पुरुषउपर, महिलाले महिलाउपर, महिलाले पुरुषउपर तथा पुरुषले महिलाउपर भिन्न÷भिन्न प्रकारको हिंसाहरु गर्दै आएको बताए नेपाली समाज परापूर्वकालदेखि नै पुरुषप्रधान रहेको र महिलालाई हेर्ने परम्परागत र रुढीवादी सोच अझै कायम रहेको कारणले महिला हिंसामा तुलनात्मक रुपमा सुधार आउन नसकेको बताए

उनले समाज रुपान्तरणको लागि एक्लो व्यक्ति वा निकायको प्रयास प्रर्याप्त हुँदैन, समाजमा क्रियाशिल सबै तहको साझा प्रयत्न, अठोट र प्रतिबद्धता व्यवहारमा उतार्यो भने मात्र  महिला हिंसा न्युनीकरण तथा निर्मुल गर्न सकिने बताए। उनले अहिले वडाले योजना संकलनको काम भई रहेको जानकारी गराउदै महिलाहरुलाई योजना संकलन गर्न पनि अनुरोध गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले महिलाहरुको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताए  उनले नगरमा महिला हिँसा बिरुद्द को १६ दिने अभियान लगायतको कार्यक्रम समेत गरेको जानकारी गराए उनले  विगतको तुलनामा धेरै परिवर्तनहरु भएका भन्दै हिंसाका घटनामा पनि कमि आएको बताए।

 उनले महिलाहरु घर, परिवार, समाज र राज्यमा उत्पीडित भइरहेका बह्न्दै  । विभेद र हिंसाको जड परिवार भित्रै रहेको बताए  । परिवारभित्रै श्रीमान बाटबाट श्रीमती हिंसा र विभेदमा परेका धेरै उदाहरण रहेको बताए। उनले महिलाले महिला माथि पनि हिँसा गरिरहेको बताए । हिँसाका घटना सार्वजनिक गर्दा महिलाले थप मानसिकतथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा  धेरै हिंसाका घटना बाहिर नआउने बताए ।उनले सामाजिक बिकृतिका कारण पनि हिसा बढेको बताएउनले महिला हिंसा रोक्न समाजको मानसिकता परिवर्तन गर्नु पर्ने बताए  ।उनले हिँसा  न्युनिकरण गर्नको लागि पहिला त महिलाहरुलाई पनि आर्थिक आम्दानी हुने काम गर्नको लागि प्रोत्साहन र उचित बातावरणको सिर्जना गर्नु पर्ने भन्दै नगरले त्यसको लागि बिभिन्न कार्यक्रम ल्याएको बताए  ।

कार्यक्रममा प्रशिक्षक अजिता कपालीले महिला हिँसा को बारेमा प्रशिक्षण दिएकी थिइन्। उनले महिला माथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझाउँने बताइन  । उनले थप स्पष्ट पार्दै भनिन महिलामाथि शारीरिक, मानसिक अथवा अन्य क्षति पुर्याउने कार्य नै महिला  हिंसा भएको बताइन  ।

उनले नेपाल​मा रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यता हाबी   भ​एको ​  कार​ण​ महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिने, समान अवसरबाट वञ्चित गराइने, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृति धेरै छ, ज​स​का  कारण पनि महिला माथि हिंसा भएको अवस्था रहेको बताइन  । महिला हिंसा न्युन गर्न सर्वप्रथम महिला आफै सचेत हुनु जरूरी रहेको बताउदै   महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै भएको बताएकी  थिइन्  । उनले महिला हिँसा सम्बन्धि  कानुन लगायतको बारेमा समेत जानकारी गराएकी थिइन् ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।