चम्पादेवी गाउँपालिकामा राहतमा राजनीति

चम्पादेवी गाउँपालिकामा राहतमा राजनीति

कपन अनलाइन 

ओखलढुंगा ,जेष्ठ ३१।

चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्लामा राहतमा राजनीति भएको छ। चम्पादेवी गाउँपालिका वडा नं ९ मा जेष्ठ ३० गते वितरण गारिएको राहतको परिमाण र गुणस्तर कम भएको भन्दै नेकपा चम्पादेवीले बिज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको छ।

नेकपा चम्पादेवीले गाउँपालिकाका अन्य वडामा ३० केजी तर  वडा नं ७ र ९ मा २५ केजी चामल वितरण गरिएकोमा आपत्ति प्रकट गर्दै संकटको समयमा समान र कानुन सम्मत व्यवहार गर्न माग गरेको छ।

नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्कीले जारि गरेको प्रेस विज्ञप्तिमा राहत वितरणमा कम गुणस्तरीय खाध्य सामाग्री प्रयोग भएको आरोप लगाइएको छ।

बेला बेलामा  विज्ञप्तिको बाढी लाग्ने गरेको चम्पादेवी गाउँपालिका पछिल्लो पटक वडा नं ९ का दुई स्थानमा गरिएको राहत वितरणमा राजनीतिको रंग मिसिएपछि सो सो विवाद विज्ञप्ति सम्म आइपुगेको हो।

 

 

तपाइँको प्रतिक्रिया ।