नेपाल चलचित्र कलाकार संघद्वारा खाद्यान्न सहयोग

नेपाल चलचित्र कलाकार संघद्वारा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २५

नेपाल चलचित्र कलाकार संघद्वारा चलचित्रका जुनियर कलाकार र केही प्राविधिक गरेर ४३ जनालाई खाद्यान्न सहयोग वितरण गरिएको छ।

कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीको कारण चलचित्र क्षेत्रका हरेक क्रियाकलाप पूर्णरूपमा बन्द नै छ यसबाट दैनिक गुजारा चलाउन समस्यामा रहेका चलचित्रमा छोटो भूमिका निभाउने कलाकार र प्राविधिकहरुलाई कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, महासचिव चेत बहादुर सिंह “राजा”, सदस्यहरु गोपाल ढकाल “छन्दे”, उद्धव प्रसाद भट्टराई, धर्मेन्द्र आचार्य “धर्मानन्द”, रामेश्वर बुर्लाकोटी, सुवास खड्का, शंकरलाल श्रेष्ठ, कलाकार तथा पत्रकार सबिन पन्त “पृथक” र सुर्य चन्द लगायतको उपस्थितिमा र कलाकार गीता नेपालको संयोजनमा खाद्यान्न वितरण गरिएको थियो। जहाँ खाद्यान्न सहयोग प्राप्त गर्नेहरु अत्यन्तै खुशी भएका थिए।

उक्त सहयोग निर्माता/निर्देशक आकाश अधिकारीको समन्वयमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सुशीला संरक्षण सेवा केन्द्रका भुवन पराजुलीले उपलब्ध गराएका थिए।

लामो समयको बन्दाबन्दीको कारण चलचित्र क्षेत्रका  क्रियाकलाप ठप्प भएको अवस्थामा चलचित्रकर्मी यसरी खाद्यान्न सहयोग गर्नु अत्यावश्यक भएको हुँदा सो कार्यको लागि सहयोग पुर्‍याउने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सुशीला संरक्षण सेवा केन्द्रका भुवन पराजुलीलाई संघका अध्यक्ष रबिन्द्र खड्काले हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए। साथै अझ धेरै चलचित्र क्षेत्रमा आवद्ध व्यक्ति र परिवारलाई खाद्यान्नको अभाव रहेकोले त्यसको समाधानको लागि संघ निरन्तर लागिपर्ने पनि खड्काले बताएकाा छन् ।

तपाइँको प्रतिक्रिया ।