काठमाडौं महानगरपालिकाका १ हजार ९८२ जनाको कोरोना बीमा

काठमाडौं महानगरपालिकाका १ हजार ९८२ जनाको कोरोना बीमा

 कपन अनलाइन

काठमाडौं ,जेष्ठ २३।

काठमाडौं महानगरले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक सबै (१ हजार ९८२ जना) को कोरोना बीमा गराएको छ । जेठ २२ गते बिहीबार   महानगरबातर्फबाट प्रशासन बिभागका प्रमुख नमराज ढकाल र लिमिटेडकातर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेर सम्झौता गरेका हुन् ।

अनुकुल प्रतिकुल जुनसुकै समयमा पनि सेवाग्राहीका बीचमा कसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको  प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले  जनप्रतिनिधि र सबै कर्मचारीरुको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको जानकारी दिएका छन।

सम्झौता बमोजिम आउँदो बर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिहरुमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलो पटक पोजेटिभ देखिए महानगरको शिफारिसमा १ लाख रुपैयाँ प्राप्त हुने बताउदै  लिमिटेडका मुख्य व्यवस्थापक कोइरालाले  सम्झौताको मुख्य शर्त रहेको जानकारी दिएका थिए।

महानगरका प्रशासन बिभागका प्रमुख ढकालले प्रति व्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर १ बर्षका लागि  महानगरमा १६० जना जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक , स्थायी अस्थायी करार र सञ्चार गरी १ हजार ७९२ जना कर्मचारीको बिमा गरिएको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।