चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तिन जनाको नाम सिफारिस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तिन जनाको नाम सिफारिस

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २१ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको छ । गत बिहीबार मन्त्रालयले दरखास्त दिनेमध्ये तीनजनाको नाम मन्त्रिपरिषद् अन्तरगत सिफारिस गरेको हो ।

मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले बताएको छ । भुवन केसी, दयाराम र राजेश थापासँगै भगवती कुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका व्यक्तिहरु मध्ये बाट अब बस्ने मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ  ।

गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।