लकडाउन प्रभावितहरुलाई नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीको पहलमा खाद्यान्न सहयोग

लकडाउन प्रभावितहरुलाई नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीको पहलमा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ २० ।कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु गोकर्णेश्वर नगरपालिका वडा नं  ६ मा खाद्यान्न सहयोग गरिएको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य समाज सेवी बिमल ठकुरीको पहलमा सोमबार  गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित बिपुल स्कुलमा ५ वटा उपभोक्ता समिति मार्फत वितरण हुने गरि ३० बोरा चामल लगायतको खाद्यान्न सहयोग गरिएको हो ।

 दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु लक डाउनका कारण समस्यामा परेपछि उनीहरुलाई खाद्यान्न सहयोग गरिएको हो  । सो खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य समाज सेवी बिमल ठकुरी,गोकर्णेश्वर नगरपालिकाका  प्रबक्ताएबम वडा नं ८ का वडा अध्यक्षमनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष रमेश अर्याल, समाज सेवी कृष्ण कुमार चालिसे ,लगायत गोकर्णेश्वर नगरपालिका वडा ६ का उपभोक्ता  समितिका  पदाधिकारीहरुको  उपस्थिति रहेको थियो ।

सरकार द्वारा कोरोना भाइरस रोकथामको लागि लागु गरेको  लकडाउनको  कारण खाद्यान्न अभाब भइ समस्यामा परेका मजदुरहरुलाई केहि भए पनि राहत पुगोस भनेर खाद्यान्न सहयोग गरिएकोनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य समाज सेवी बिमल ठकुरीले बताए।संकटको समयमा खाद्य अभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउँदा खुशी लागेको र  संकटको समयमा  एकले अर्कोलाइ सहयोग गर्नु पर्ने बताउदै सो कामको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। गोकर्णेश्वर नगरपालिका वडा ६ का उपभोक्त समितिले यस विषम परिस्थितिमा सहयोग गरेकोमा सहयोगी दातालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।