बौद्धमा लकडाउन प्रभावितहरुलाई प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा खाद्यान्न सहयोग

बौद्धमा लकडाउन प्रभावितहरुलाई प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ २० ।कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा खाद्यान्न सहयोग गरिएको छ ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहल तथा ओम तामाङ सुख दुख सेवा गुठी र बौद्ध टुसाल युवा क्लबको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं ६ वडा कार्यलयको सहकार्यमा लकडाउन बाट प्रभावित करिब १सय १२  परिवारलाइ खाद्यान्न सहयोग गरिएको हो । दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु लकडाउनका कारण समस्यामा परेपछि उनीहरुलाई खाद्यन सहयोग गरिएको हो ।

 बौद्ध टुसालमा सोमबार  अपरान्ह वितरण गरिएको खाद्यान्न सहयोग कार्यक्रममा  प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा ,काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा वडा सदस्य जयराम पुडासैनी, भगवान थापा, ओम तामाङ सुख दुख सेवा गुठी र बौद्ध टुसाल युवा क्लबका पदाधिकारीहरु लगायत स्थानीयको उपस्थितिमा प्रति परिवार १० केजी चामल ,२ केजी दाल,१/२लिटर तेल, साबुन १ थान, नुन एक केजी लगायतको सामग्री सामाजिक दुरी कायम गरि वितरण गरिएको थियो ।

सरकार द्वारा कोरोना भाइरस रोकथामको लागि लागु गरेको  लकडाउनको  कारण खाद्यान्न अभाब भइ समस्यामा परेका मजदुरहरुलाई केहि भए पनि राहत पुगोस भनेर खाद्यान्न वितरण गरिएको प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले बताए।संकटको समयमा खाद्य अभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउँदा खुशी लागेको र  संकटको समयमा  एकले अर्कोलाइ सहयोग गर्नु पर्ने बताउदै सो कामको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।