रुकुम घटनाको बिरोधमा मानब अधिकार तथा शान्ति समाज द्वारा जोरपाटीमा प्रदर्शन
कपन अनलाइन
काठमाडौं, जेठ १९। रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आज जोरपाटीमा मानब अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ । मानब अधिकार तथा शान्ति समाजको २५ औं स्थापना दिवसको अवसरमा उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै सोमबार मानब अधिकार तथा शान्ती समाजले आधा घण्टा शान्ति पूर्ण रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज नेपाल काठमाडौं शाखाको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरुले हातमा जातीय बिभेद्द अन्त्य गर ,रुकुम घटनाको निष्पक्ष छानबिन गर, दोषीलाई कारवाही गर, मानब अधिकारको सम्मान गरौ ,संसदीय छानमिन समिति गठन गर ,मानवता बिरुद्दको अपराध अब क्षम्य हुने छैन , लगायत मानब अधिकार तथा शान्ति समाजले बिगत देखि खबरदारी गर्दै आएका कार्यको नारा लेखिएको प्लेकार्ड लिएर पर्दर्शन गरेका हुन् ।
२०५३ जेठ १९ गते स्थापित शान्ति समाजले स्थापना काल देखिनै मानवता बिरोधि घटना, शान्ति न्याय र स्वतन्त्रता तथा बातावरणको पक्षमा आवाज उठाउदै आएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल नेपाल भलिबल संघका उपाध्यक्ष एबम लायन्सका पुर्व गभर्नर तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व महासचिब लायन कुमार राज सुवेदी , शान्ति समाजका सभापति उत्तम पुडासैनी ,इश्वर पुडासैनी होम कण्ठ चौलागाई ,जगन्नाथ पुडासैनी, इश्वर पुडासैनी,बरिष्ठ पत्रकार निर्मल अर्याल, समाज सेवी रोजिना बिष्ट (रोज) लगायत मानव अधिकार तथा शान्ती समाजका सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रममा मानब आधिकार तथा शान्ति समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बरालले स्वागत मन्तब्य राखेका थिए ।अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग माग गर्दै उनीहरुले शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका हुन् ।शान्ति पूर्ण बिरोध प्रदर्शनमा मानव अधिकार तथा शान्ती समाज काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। साथै उनले मानव अधिकार तथा शान्ती समाजले हाल सम्म गर्दै आएका कामको बारेमा समेत जानकारी गराएका थिए।
कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका पुर्व सभापति एबम सल्लाहकार होमकण्ठ चौलागाईले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताए । ग्रामिण क्षेत्रमा जातीय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न समेत माग गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल भलिबल संघका उपाध्यक्ष एबम लायन्सका पुर्व गभर्नर तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व महासचिब लायन कुमार राज सुवेदीले मानब अधिकार तथा शान्ति समाज शान्ति न्याय र स्वतन्त्रताको पक्षमा आवाज उठाउने संस्था भएको बताए उनले सामाजिक काममा समेत शान्ति समाजले धेरै कामहरु गर्दै आइरहेको बताए ।
उनले लोकतन्त्रको लागि आन्दोलनमा सहभागी हुने देखि लिएर मानब अधिकारको पक्षमा सधै वकालत गर्दै आएको संस्था भएको बताए ।उनले संस्थाको २५ वर्ष को दौरानमा अनवरत रुपमा मानब अधिकारका पक्षमा लोकतन्त्र ,शान्ति र अहिंशाको पक्षमा राजनीतिक सामाजिक परिवर्तनका अग्रगामी परिवर्तनका पक्षमा निरन्तर अभियानहरु संचालन गर्दै आएको बताए । उनले अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले मानब अधिकार तथा शान्ति समाजले गर्दै आएका कामहरुको प्रसंशा गर्दै २५ औ बर्षमा संस्था प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका थिए। उनले मानब अधिकार तथा शान्ति समाजले न्याय शान्ति र स्वतन्त्रताको पक्षमा लागि रहने संस्था भएको र त्यसमा आफ्नो सदैब साथ रहने पनि बताए। उनले रुकुम घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कारवाही गर्नु पर्ने माग समेत राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै मानब अधिकार तथा शान्ति समाज २५ औ वर्षमा प्रवेश गरेकोमा शुभकामना दिएका थिए ।उनले रुकुम घटनालाई तोडमोड हुन नदिनको लागि बारम्बार खबरदारी आवश्यक रहेका बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्तासम्मको प्रभाव पर्न नहुने बताए।उक्त घटनाले संविधान र लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको समेत बताउदै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाइ कारवाही गरिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।उनलेरुकुम पश्चिममा घटेको घटनाको सत्य तथ्य छानबीनकोलागी संसदीय समिति गठन गर्न, दोषीमाथी कानून सम्मत कार्यवाही गर्न , पीडितलाई न्याय र पीडकलाई सजाय,जातीय बिभेद अन्त्य गर्न तथा मानव अधिकारको सम्मान गर्न सहितको माग गरेका थिए । उनले भबिष्यमा यस्ता घटना नहुन, मानव अधिकारको सुरक्षा होस र जातिय विभेदको अन्त्य हुनु पर्नेमा जोड दिएका थिए ।
उनले सामाजिक न्यायका पक्षमा आफूहरु निरन्तर प्रतिबद्ध भएर लागेको बताउँदै रुकुम घटनामा संलग्नलाई कारवाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।उनले सामाजिक न्याय, समानता र जातीय विभेदका विरुद्ध संघर्षमा रहेको बताए। संविधानले जातीय विभेद उन्मूलन गरे पनि समाजमा भएका विभेदका घटनाले समाजमा मुख देखाउन लायक नभएको उनले बताए ।
फोटो : सरोज बस्नेत