काठमाडौं महानगरपालिका -६ मा हुम्लावासी विच स्वाव संकलनका निहुँमा झडप
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १६ ।
काठमाडौं महानगरपालिका वडा नं ६ सिमलटारमा हुम्लावासीहरु विच झडप भएको छ । हुम्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले गृह जिल्ला पठाउने भन्दै कोरोना परिक्षणका लागी स्वाव संकलनका क्रममा विवाद हुँदा झडप भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं ६ को सिमलटारमा नाम्ख्युग्ङ हुम्ला समाले व्यवस्थापन गरेको सो कार्यक्रममा आवस्यकता भन्दा बढी व्यक्तिहरु जुम्ला जानका लागि परिक्षण गर्न आए संगै स्वाव परिक्षण गर्ने फारम नपुगे पछी एकएक झडप भएको स्थानीयले जानकारी दिएका छन।
सांसद लामाले गृह जिल्ला हवाई उडान मार्फत काठमाडौंमा रहेकाहरुलाई उद्धार गर्न व्यवस्थापन गरेको सो कार्यक्रममा कमजोरी भएका कारण हुम्लाका जनता एक आपसमा हातहालाहालको स्थितीमा पुगेका थिए ।
हुम्ला पठाउने भन्दै करिब १५०० मान्छे जम्मा भएकोमा परिक्षण किट संख्या भने ५०० भए पछी कसले परिक्षण गर्ने भन्ने विषयमा शुरु भएको विवाद झडपमा परिणत भएको थियो ।
नेपाल सरकारको निर्देशन विपरित वडा कार्यालय र प्रहरीलाई समेत खबर नगरी गरिएको उक्त स्वाव परिक्षण कार्यक्रममा करिब ४७० जनाको स्वाव संकलन गरिएको थियो।
विवादको सुरुवात परिक्षणको लागी आवश्यक फारम सकिएपछि सुरु भएको थियो । पछि केही संख्यामा फोटो कपी मार्फत फर्म वितरण गरिएपनि किट नपुग्ने अवस्थाको जानकारी पाएपछि उनीहरु हातपातमा उत्रिएका हुन । करिब ४७० जनाको स्वाव संकलन गरिएको जनाइएको छ।
सरकारले लकडाउन सँगै सामाजिक दुरी कायम राख्न भन्दै प्रचार प्रसार गरेको भए पनि उक्त स्थानमा कुनै पनि सुरक्षा विधि र सावधानीको कुनै पर्वाह नगरी आफ्नो घर फकर्ने आशामा आएका जनताहरु एक आपसमा झडपमा उत्रिएका थिए ।
सो झडप पश्चात सिमलटार क्षेत्रमा तनाव सिर्जना भएको थियो भने कोरोना प्रकोपका कारण पिडामा परेका हुम्लावासी पनि थप पिडा बोकेर फर्किएका थिए।फोटो सौजन्य :गोकर्ण न्युज