सरकारको प्राथमिकतामा पोस्ट बहादुर बोगटी (कुलेखानी -भीमफेदी) सुरुंग मार्ग

सरकारको प्राथमिकतामा  पोस्ट बहादुर बोगटी (कुलेखानी -भीमफेदी) सुरुंग मार्ग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

त्यस्तै सोह बैठकले बागमती प्रदेसका मुख्यमन्त्रि डोरमणि पौडेलले वारम्वार आफ्नो स्वप्न योजनाका रुपमा अगाडी सार्दै आएको मदन भण्डारी मार्ग (बल्खु -दक्षिणकाली -छैमले -सिस्नेरी -कुलेखानी -भैसे ) को कुलेखानी -भीमफेदी खण्डमा बन्ने पोस्ट बहादुर बोगटी सुरुंग मार्गलाई संघीय सरकार संगको सह लगानीमा  निर्माण गर्न संघीय सरकारले बजेट व्यवस्थापन गर्ने भएको छ ।

नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै उक्त आयोजना बागमती प्रदेस सरकारको सहकार्यमा निर्माण गरिने उल्लेख गरेका छन ।

कुल   ३.२१७ किमी लम्बाई रहेको उक्त सुरुंग मार्गलाई ४ वर्ष भित्र २०८१ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनालाई प्राथमिकतामा  राखेर संघीय सरकार संग सहकार्य गर्ने बागमती प्रदेस सरकारको निर्णयलाई संघीय सरकारले साथ दिएको हो।

तपाइँको प्रतिक्रिया ।