बुढानिलकण्ठ नगरपालिकाका ४३ जनाको PCR नतिजा नेगेटिभ
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १२।
बूढानीलकण्ठ नगरपालिकाका ९० जनाको स्वाब संकलन गरीएकोमा ४४ जनाको RT PCR को नतिजा प्राप्त भएको छ। नतिजा प्राप्त भएका ४४ जना मध्ये जसमा १ जना पोजेटिभ र बाँकी ४३ जनाको नातिजा नेगेटीभ आएको छ।
कोरोना पोजेटिभ देखिएको ३७ वर्षिय पुरुष अहिले टेकु स्थित शुक्रराज ट्रपिकल तथा ईपिडिमियोलोजीमा आईसोलेसनमा बसिरहेका छन्। त्यस्तै अन्यको PCR नतिजा चाडै आउने स्वास्थ्य शाखा बुढानिलकण्ठले जानकारी दिएको छ।
कोरोना संक्रमण देखिए संगै नगरपालिका र शुक्रराज ट्रपिकलको टिम कन्ट्याक्ट ट्रेसिङमा लागीसकेको बताउदै नगरपालिकाले ति व्यक्ति सँग सम्पर्कमा आएकाहरुले सचेत भई कन्ट्याक्ट ट्रेसिङ टिम सँग सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।