टोखा नगरपालिकाका कोरोना संक्रमित किराना पसले र ज्योतिष
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १२।
टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले र ज्योतिष भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखा नगरपालिकाका हुन् ।
टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । एक जना किराना पसले र एक जना ज्योतिष भएको खबर आएको टोखा नगर प्रमुख प्रकास अधिकारीले जानकारी दिएका छन ।
आज संक्रमण पुष्टि भएकाहरु ३ वडाका २७ वर्षीय पुरुष ज्योतिष पेशा गर्ने भत्केको पुल आसपास र ६ वडाका ४१ वर्षीय पुरुष किराना पसले बिष्णुमतिपुल आसपास बस्ने गरेको बुझिएको छ ।
कोरोना भाइरस संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेसनमा पठाउने तयारी भइरहेको र उनीहरुको ट्राभल हिस्ट्री ट्रेसिंग गर्ने कार्यमा नगरपालिका लागि रहेको उप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन।
सबैको रिपोर्ट आइसकेको छैन्
टोखा नगरपालिकाले कोरोना संक्रमितहरुको पहिचानका लागि तरकारी, औषधि किरा पसल सञ्चान गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको मध्य हालसम्म १९३ जनाको मात्र रिपोर्ट आइसकेको र बाँकी रिपोर्ट आउने क्रम जारी रहेको टोखा स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले जानकारी दिदै उक्त रिपोर्ट अनुसार २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन ।