मेलम्ची नगरपालिकामा तरकारी ,फलफुल र मासु जन्य पदार्थ आयात गर्न बन्देज

मेलम्ची नगरपालिकामा तरकारी ,फलफुल र मासु जन्य पदार्थ आयात गर्न बन्देज

कपन अनलाइन

सिन्धुपाल्चोक,जेष्ठ ५।

मेलम्ची नगरपालिका भित्र बाहिरी क्षेत्र बाट तरकारी ,फलफुल र मासु जन्य पदार्थ आयातमा पूर्ण बन्देज गरिएको छ। मेलम्ची नगरपालिकाले जेष्ठ १ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला प्रकोप व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय कार्यान्वयन गराउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेको छ।

संक्रमणको जोखिम बढाउन आयात गरिएका दैनिक उपभोग्य बस्तुको भूमिका हुने तर्फ ध्यान गर्दै उक्त निर्णयको पालना गर्दै सहयोग गर्न  आग्रह गर्दै  नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गरि ब्यवसायिकीकरणमा जोड दिने मेलम्ची नगरपालिकाले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।