नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए )ले पशुपंक्षीलाइ खाना खुवायो

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए )ले  पशुपंक्षीलाइ खाना  खुवायो

कपन अनलाइन

काठमाडौं बैशाख २८। कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आइरहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले आज बिभिन्न स्थानमा रहेका प्राणीहरुलाई खाना खुवाएको छ।तेक्वान्डोका पूर्व खेलाडी कल्पना क्षेत्रीको आर्थिक सहयोगमा उनको पुत्र सबास्टियन शर्मा घिमिरेको जन्म दिनको अवसर पारेर नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को समन्वयमा पशुपंक्षीलाइ खाना खुवाइएको हो  ।

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय तेक्वान्डो रेफ्री अशोक खड्काका अनुसार आज कागेश्वरी मनोहरा नगरपालिकाको बिभिन्न स्थान मन्दिर परिसरको साथै निलबाराही र पशुपति क्षेत्र भित्र रहेका छाडा सडक कुकुर, परेवा र बाँदर लगायतका पशुपंक्षीलाइ गहुँ ,मकै दाना सहित, केरा पाउरोटी र मासु भात  लगायतको खाद्यान्न खुवाएको बताए ।उनले करिब ४ सय वटा बाँदर तथा  २५०  भन्दा बढी छाडा कुकुर तथा परेवाहरुलाई खाद्यान्न खुवाएको बताए।

लामो समय देखिको लक डाउनका कारण मानिस हरु मात्र नभई जनावरहरु पनि प्रभावित भएको त्यसमा पनि सडकमा छाडा छाडिएका कुकुर  परेवा तथा बाँदरहरु  बढी प्रभावित भएको बताए।  रोगको संक्रमणले भन्दा पनि मानिसहरु घर भित्रै बस्दा बाहिर छाडा चौपाया  भोकले छटपटाइरहेका देखिन्छन्, उनले  त्यस्ता प्राणिहरुको  लागि तेक्वान्डोका पूर्व खेलाडी कल्पना क्षेत्रीले आफ्नो छोराको जन्म दिनको अवसर पारेर गरेको सत्प्रयासमा  नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले  साथ् दिएको बताए। उनले सो कार्यको लागि धन्यवाद समेत दिएका छन ।

तपाइँको प्रतिक्रिया ।