गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा लायन्स क्लबको आकस्मिक रक्तदान हुने
कपन अनलाइन
काठमाडौं, बैशाख २८। कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं बासुकीले बैशाख २९ गते सोमबार बिहान १० बजे देखि बासुकी ब्यान्केटमा सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका लायन दिनेश बास्कोटाले बताए । उनले कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि जानकारी गराए । उनले रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा हुन लागेको सो रक्तदान कार्यक्रममा सहभागी भई इक्छुक ब्यक्तिहरुलाइ रक्तदान गर्न समेत अनुरोध गरेका छन ।