डुवान समस्या समाधानका लागि काठमाडौं -१५ जोडलको स्थलगत निरीक्षणमा सांसद जीवनराम श्रेष्ठ
कपन अनलाइन
काठमाडौं ,बैशाख २८।
काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले काठमाडौं महानगरपालिका वडा नं १५ अन्नपूर्णचोक जोडलको समस्या सामाधानका लागि स्थलगत निरीक्षण गरेको छ।
काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल,वडा सदस्य मैयाँ लक्ष्मी सहितको टोलीले सो क्षेत्रमा विकास निर्माण तथा देखिएको ढल व्यवस्थापन लगायतको समस्यमाको समाधानका लागि स्थलगत निरीक्षण गरेको थियो।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको क्रममा पनि वडामा रहेका योजना निर्माण तथा जनताको समस्या बुझ्दै समाधानको पहल गर्नका लागि निरन्तर जान सम्पर्कमा रहने अभियान अन्तर्गत उक्त क्षेत्रको निरीक्षण गरिएको सांसद श्रेष्ठले बताएका छन।
सो क्षेत्रको डुवान समस्या सामधानका लागि पहल शुरु गरिएको जानकारी दिदै श्रेष्ठले सामाजिक दुरी कायम गरि क्षेत्रका अन्य विकास योजनाहरु पनि शुरु गरिने जानकारी दिएका छन।