गोकर्णेश्वर नगरपालिका वडा नं ८ द्वारा धन्यवाद ज्ञापन
कपन अनलाइन
काठमाडौं बैशाख २८।गोकर्णेश्वर नगरपालिकाका विभिन्न ठाउँमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गलाई लक्षित गरेर व्यवस्थित तथा सुरक्षीत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम स्थगित भएको छ ।यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को समन्वयमा बिभिन्न संघ संस्थाहरुको सहयोगमा निशुल्क प्याकिंग भोजन वितरण अभियान समेत स्थगित भएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खानाको प्याकेट वितरण गर्ने अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले धन्यबाद ज्ञापन गरेको छ ।
भेनस पब्लिक स्कुलको प्राङ्गण बाट निशुल्क भोजन तयारी गर्ने देखि लिएर त्यसलाई व्यवस्थित तवरबाट वडाका बिभिन्न स्थानमा लागि वितरण गर्ने अभियानमा सक्रिय अत्तरखेल युवा समाज बेसिगाउ युवा समाज मासिक सय अभियान सहित प्रत्यक्ष एबम अप्रत्यक्ष रुपले उक्त अभियानलाइ सहयोग गर्ने सहयोगी दाता सबैलाई वडा अध्यक्ष मनोजकुमार ढुंगानाले धन्यबाद ज्ञापन गर्दै बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल गोकर्णेश्वर नगरपालिका वडा नं ८मा गराइदै आइरहेको निशुल्क भोजन कार्य हाललाइ स्थगित गरिएको प्रस्ट पारे ।
उनले पछि परिस्थिति अनुसार सो कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त सो अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गरेका थिए । उनले कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि सुरक्षित भएर सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा वडा सदस्य सोबिता मिजार लगायतले उक्त अभियानलाइ सक्रियता पुर्वक सहयोग गर्ने स्वयं सेवक, व्यवस्थापक र अहोरात्र खटिने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा खाद्यान्नको राहत प्राप्त गरे पनि चुल्हो बल्ने सबै प्रवन्ध गर्न नसक्नेहरुका लागि शुरु गरिएको निशुल्क भोजन अभियानमा धेरै सहयोग र सदभाव प्राप्त भएको भन्दै वडा सदस्य नन्दलाल श्रेष्ठले उक्त अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
त्यसै गरि कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काठमाडौंको सदस्य समेत रहेकी सान्नानी लामाले विषम परिस्थितिमा पनि पर्याप्त सहयोग र साथ प्राप्त भएको भन्दै सो अभियानमा जोडिने सबैलाई आभार ब्यक्त गरेकी थिइन्। त्यसै गरि वडा सदस्य सोबिता मिजार र डम्बर बहादुर श्रेष्ठले पनि उक्त अभियानमा प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा जोडिएर सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।