कागेश्वरी मनोहरा नगरपालिका भद्रबासमा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

कागेश्वरी मनोहरा नगरपालिका भद्रबासमा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं, बैशाख २७। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहय तथा बिपन्न  व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाको पहलमा कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समिति मार्फत प्राप्त खाद्यान्न आज नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति  सबुज बानिया (कृष्ण), काठमाडौं जिल्ला कोषाध्यक्ष गोबिन्द पुडासैनी ,गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल मेडिकल आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि सुरक्षित तवरबाट उक्त क्षेत्रमा लक डाउन प्रभावित ७० परिवारलाइ १५ केजी चामल  दाल २ केजी ,तेल एक लिटर लगायतको खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ३ भद्रबासमा खाद्यान्न सहयोग गरिएको नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानिया (कृष्ण)ले  बताए ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि सहयोग पुगोस भन्ने हेतुले गरिएको सत्प्रयासमा सहभागी हुने अवसर प्राप्त भएकोमा आयोजक संस्थालाई धन्यबाद दिएका छन ।

सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका भन्दै उनीहरु न आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न संघ सस्थाहरु संगको समन्वयमा खाद्यान्न सहयोग गरिएको कामको प्रसंशा गरेका छन। उनले लक डाउन बाट मध्यम बर्गीय परिवारहरु समेत पिडामा रहेको  बताउदै त्यस्ता परिवारको लागि पनि  राज्यले सोच्नु पर्ने बताए ।उनले संकटको समयमा सबै जना एक जुट हुनुपर्नेमा समेत जोड दिएका छन् ।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समिति मार्फत प्राप्त खाद्यान्न सामग्री सहयोग गरेको प्रष्ट पारे। उनले लक डाउन बाट दैनिक जीवन गुजारा चलाउने मजदुरहरुको पिडामा साथ दिदै खाद्यान्न सहयोग गरेको बताउदै गोकर्णेश्वर नगरपालिका भित्र पनि खाद्यान्न सहयोग गर्दै आएको बताए । विषम परिस्थिति सहयोग गर्नु आफैमा पुण्य कर्म भएको बताउने उनले संकटमा सबैजना एक जुट भएर अघि बढ्नुपर्ने बताए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।