बुढानिलकण्ठ र टोखाका संचारकर्मीहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २७।
बूढानीलकण्ठ नगरपालिकामा स्थापना भएर सक्रिय रहेका १० वटा संचार संस्थालाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
समाजसेवी डा. तेज रोक्काको सहयोग र एचटिभि खबरका अध्यक्ष सविन पन्तको संयोजनमा बूढानीलकण्ठ नगरपालिकामा स्थापना भै संचार क्षेत्रमा सक्रिय रहेका विभिन्न संचार मध्यमहरुलाई सहयोग गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को बोधी सदन मावीमा भएको कार्यक्रममा १० वटा संचार माध्यमलाई २० थान प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो।
उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाल,कल्याणकारी स्वयंसेवक संघ बुढानिलकण्ठका सचिव शंकरराज न्यौपाने,विद्यालयका प्रधान अध्यापक महेश पौडेल ,नेकपा बुढानिलकण्ठ ११ की सचिव संगीता पन्त, नेपाल रेडक्रस सोसाइटीका बृहस्पति चालिसे,समाजसेवी प्यारी कुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहयोग गर्दै समाजसेवी डा.तेज रोक्काले प्रकोप नियन्त्रण र रोकथामको अभियानमा अग्रमोर्चामा रहेर जनतालाई सुचित गराउने अभियानमा रहेका संचारकर्मीहरुलाई सहयोग गर्न पाउदा खुसि लागेको भन्दै विषम समयमा संचारकर्मीले खेलेको भूमिका प्रसंसनिय रहेको धारणा राखेका थिए।