पनौती नगरपालिका वडा नं ७ को गैरकानुनी निर्णय ,नेवार बाहेकले घरजग्गा खरिद गर्न नपाउने

पनौती नगरपालिका वडा नं  ७ को गैरकानुनी निर्णय ,नेवार बाहेकले घरजग्गा खरिद गर्न नपाउने

कपन अनलाइन

काभ्रेपलान्चोक ,बैशाख २३।

काभ्रे पलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ७ ले वडा भित्र नेवार बाहेक अन्य जातिलाई घर जग्गा किनबेचमा रोक लगाउने निर्णय गरेको छ।

वडा समितिको बैशाख २३ गते बसेको बैठकले सो वडा भित्र रहेका नेवार जाति बाहेक अन्य जातिले घर जग्गा बेचबिखनका लागि घर बाटो मुल्यांकन सिफारिस लिन आएमा नदिने निर्णय भएको उलेख गरिएको छ।

पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र नासनानीले बिज्ञप्ति जारि गर्दै स्थानीय भद्र भलादमीको सल्लाहमा उक्त निर्णय गरिएको जनाएका छ।नेपालको संविधानमा सम्पति सम्बन्धि अधिकालाई बेवास्ता गर्दै एक जातिको पक्षमा वादले गरेको निर्णय गैर कानुनी भएको एक स्थानीयले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।