गोकर्णेश्वर ८ को निशुल्क भोजन अभियानमा सक्रिय नगर प्रवक्ता मनोजकुमार ढुंगाना द्वारा कोभिड एप प्रयोग गर्न अनुरोध

गोकर्णेश्वर ८ को निशुल्क भोजन अभियानमा सक्रिय नगर प्रवक्ता मनोजकुमार ढुंगाना द्वारा कोभिड एप प्रयोग गर्न अनुरोध

कपन अनलाइन

काठमाडौं बैशाख २३।  गोकर्णेश्वर  नगरपालिका वडा नं ८ मा अहिले करिव १८ सय जनालाई दैनिक निशुल्क भोजन गराउने अभियान चलिरहेको छ। कोरोना प्रकोपको मारमा परेर हातमुख जोर्न कठिन परेका नागरिकहरुलाई विभीन्न स्थानमा पुगेर प्याकिंग गरिएको भोजन वितरण गरिरहेको छ। अनि त्यो नियमित प्रयासको संयोजन र व्यवस्थापन गरिरहेका छन , गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना र उनका सहयात्रीहरूले।

वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको ढुंगानाले  विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि  लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेल्दै आएका उनले हाल वडामा सहयोगी दाताहरुको सहयोगमा दैनिक ज्याला गरि खाने श्रमिकहरुको लागि निशुल्क खाना खुवाउने अभियानमा दरिलो अविभावकत्व प्रदान गरेका छन।  खाद्यान्नको राहत प्राप्त गरे पनि चुल्हो बल्ने सबै प्रवन्ध गर्न नसक्नेहरुका लागि निशुल्क भोजन  शुरु गरेको पहलमा धेरै सहयोग र सदभाव प्राप्त भएको अनुभव गरेको भन्दै  वडा अध्यक्ष ढुंगानाले आफ्नो दायित्व पुरा गर्दै सेवा गरेको बताए। शुरुमा अध्यक्ष ढुंगानाले बिषम परिस्थितिमा सुपथ  उलन डायिंग को सहयोगमा शुरु गरिएको अभियानमा  धेरै मनकारी सहयोगीहरु थपिदै गएको बताए।

दैनिक करिव १८ सय जानका लागि भोजन तयार गरेर स्वयंसेवकहरुको सहयोगमा त्यसलाई प्याकिंग गरी वडा नं ८ का विभिन्न स्थानमा रहेका वितरण स्थल सम्मको व्यवस्थापन गरिरहेका  उनि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता समेत हुन् ।विषम परिस्थितिमा भोको पेट भर्ने अभियानमा सक्रिय रहन पाउदा हर्ष महसुस भएको बताउने उनले  स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले शुरु गरेको यस अभियानमा दैनिक २५ जना भन्दा स्वयंसेवकहरुको सहयोगमा भोजन तयारी ,प्याकिंग तथा वितरण गर्ने कार्यमा ढुंगानालाइ वडा सदस्यनन्द लाल श्रेष्ठ , डम्बर बहादुर श्रेष्ठ, सान्नानी लामा वडा सचिब सुदिप हमाल , नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी, समाजसेवी उमा ठकुरी भावना ठकुरी सहित अत्तर खेल युवा समाज ,बेसिगाउ युवा समाज, मासिक सय अभियान लगायत स्थानीयले  सक्रिय साथ दिएका छन।दैनिक करिव ४०० केजी चामल ,६० केजी गेडागुडी, १ बोरा आलु तथा १०० केजी सम्म काउली उपयोग हुदै आएको भोजन भेनस पब्लिक स्कुलमा तयार गरि विभिन्न क्षेत्रमा वितरण गरिदै आएको जानकारी दिए ।

त्यस्तै वडा नं ८ को यस अभियानमा धेरै वडावासी संघ संस्था तथा व्यक्तिहरुले  सहयोग उपलव्ध गराउदै आएकोमा धन्यवाद दिदै अध्यक्ष ढुंगानाले सो कार्यमा सक्रिय ढुवानी स्वयंसेवक ,चालक, भेनस स्कुल परिवार,सकृय व्यक्ति तथा स्वयंसेवक लगायतलाई धन्यवाद दिएका छन।

यसै क्रममा आफ्नो नगरपालिका कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका  उनि बिहान देखि बेलुका अवेर सम्म लकडाउनका कारण वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका  छन  । न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न  लागि परेका अध्यक्ष ढुंगाना अहिले  कोरोना जोखिम न्यूनीकरणका बिभिन्न काममा  व्यस्त  रहेका छन ।नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि नगरपालिकाले  सञ्चालन कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न  रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेका उनले वडाबासीलाई कुनै पनि समस्या आइपरे समाधान गर्नको लागि समन्वय गर्न पुगिहाल्छन उनि।

राहत वितरण  अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ  आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका उनले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै वडा भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी  सामाजिक दुरी कायम गराउन, लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले नगरभित्र माईकीङ र निरन्तर प्रहरी संगको समन्वयमा  अनुगमन कार्यमा समेत सहयोगी भूमिका  खेल्दै आएका उनले हाल सम्म वडामा कसैलाई पनि संक्रमण नदेखिएको बताए। ।

वडा बासीहरुको सहयोगको कारण हाल सम्म  संक्रमण नदेखिएको बताउने उनले  यसो भन्दैमा सतर्कता अपनाउन नछोड्न पनि अनुरोध गरेका छन। हाल सम्म वडामा १५ जना पुरुष र १२  महिला गरि २७ जनाको कोरोना परिक्षण गरिएकोमा सबैको नजिता नेगेटिभ आएको जानकारी गराए ।संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका बताउदै ,उनले  विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको लकडाउन लाइ पूर्ण रुपमा पालना गरि घरमै बस्न नगर बासीलाई अनुरोध गरेका छन  ।

साथै नगरपालिकाले कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले शुरु गरेको ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’लाइ  गोकर्णेश्वर नगरपालिकाले  पनि शुरु गरेको बताउदै  ।यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य जाँचेर र विश्लेषण सूचना राखिएको बताए  ।

उनले त्यस  एपमा व्यक्तिले भरेको विवरणको आधारमा उसलाई कोरोना भाइरस संक्रमण भएको वा नभएको, उसले अपनाउनुपर्ने सावधानी, घरमै बसे हुने वा स्वास्थ्य संस्थामा जानुपर्छ जस्ता सूचना पाइने पनि जानकारी गराउदै नगरपालिकाले संचालनमा ल्याएको  Nepal Covid-19  Surveillance system नगरबासी तथा उनीहरुको सम्पूर्ण परिवारका सदस्यहरुले अनिवार्य तथा यो रोग एउटा सरुवा रोग भएकोले यसको संक्रमण जो सुकैलाइ हुन् सक्ने , जोखिम हुने हुँदा सम्पूर्ण नगरबासीले यो एप्स प्रयोग गरि आ आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी स्वयं लिई स्वास्थ्य लाभ लिन पनि अनुरोध गरेका छन् ।उनले सो बिवरण गोप्य रहने पनि जानकारी गराए। साथै उनले यो विपदको घडीमा नगरपालिका नगरबासीको साथमा सदैब रहने समेत बिश्वास दिलाएका छन।

यो प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैंले मुल्याङ्कन गर्न सघाउने बिश्वास ब्यक्त गर्दै सो एप प्रयोगको लागि एन्ड्रोएड प्रयोगकर्ताहरुले आ आफ्नो मोबाइल को प्ले स्टोर मा गइ Nepal COVID-19 Surveillance टाइप गरि Search गर्ने  र Nepal Covid-19  Surveillance नामक अप्लिकेसन इन्स्टल गर्नु पर्छ ।हाललाई यो एप्लिकेसन एण्ड्रोएड अपरेटिङ सिस्टम भएको मोबाइलमा उपलब्ध रहेको छ। साथै यु ट्युबमा पनि सो सम्बन्धि जानकारी लिन सकिनेछ भने सो सम्बन्धि अन्य जानकारीको लागि www.Gokarneshwormum.gov.np तथा गोकर्णेश्वर नगरपालिकाको फेसबुक पेज  Gokarneshwormunicipality मार्फत पनि लिन सकिने बताए ।

यसमा प्रयोगकर्ताले आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नेछन् । ती सूचनालाई प्रणालीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीले हेरेर ती व्यक्ति खतरामा छन् कि छैनन् जानकारी दिने  हुँदा ।व्यक्तिले प्रत्येक  दिनको तीन पटक आफ्नो स्थिति एपमा अपडेट गर्नुपर्नेछ  र गोकर्णेश्वर नगरपालिकाले गठन गरेको डाक्टर स्वास्थ्यकर्मीको टिमले व्यक्तिको स्थिति हेरेर घरमै बस्ने कि अस्पताल जाने भन्ने सल्लाह दिने पनि  पनि जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।