दैनिक ६ सय भन्दा बढीलाई निशुल्क भोजन गराउदै पानी पोखरी युवा क्लव,महांकाल

दैनिक ६ सय भन्दा बढीलाई निशुल्क भोजन गराउदै पानी पोखरी युवा क्लव,महांकाल

कपन अनलाइन 

काठमाडौं ,बैशाख २३।

पानी पोखरी युवा क्लव ,काठमाडौं महानगरपालिका वडा नं ६ महांकालले दैनिक ६ सय भन्दा बढीलाई निशुल्क भोजन उपलव्ध गराउदै आएको छ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा वडा कार्यालयलाई तथ्यांक संकलन र राहत वितरणमा सहयोग गरेको क्लवले करिव ५ सय विपन्न परिवारलाई राहत वितरण गरेको थियो।

बौद्ध महांकालमा रहेको क्लवको भवन बाट बैशाख २२ गते ६२८ जनालाई निशुल्क भोजन वितरण गरिएको क्लवका पुर्व कोषाध्यक्ष मोहन श्रेष्ठले जानकारी दिएका छन। उक्त निशुल्क भोजन वितरण अभियान बाट चुच्चेपाटी,सरस्वति नगर,महांकाल र पानीपोखरी क्षेत्रका विपन्न  परिवार तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु लावान्भित भएको श्रेष्ठले बताए।

समाजसेवा र खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको पानीपोखरी युवा क्लवले विप को समयमा शुरु गरेको यस अभियानमा प्रदेस सभा सदस्य ,काठमाडौं महानगरपालिका वडा नं ६ सहित देश विदेशमा रहेका व्यक्तिहरुले सहयोग गरिरहेको क्लवका अध्यक्ष खिलेन्द्र गौतले बताएका छन।

दैनिक १० बजे देखि १२ बजे सम्म संचालन हुने निशुल्क भोजन वितरण अभियान बैशाख १७ गते बाट शुरु भएको हो।

 

 

तपाइँको प्रतिक्रिया ।