सचेत छैनन् बुढानिलकण्ठवासी ,लकडाउनको व्यापक बेवास्ता

सचेत छैनन् बुढानिलकण्ठवासी ,लकडाउनको व्यापक बेवास्ता

कपन अनलाइन

काठमाडौं ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिकाका वासिन्दाहरुले लकडाउनको व्यापक उल्लङ्घन गरेका छन।  नगरपालिका र सुरक्षा निकायले वारम्वार लक डाउनको पूर्ण पालना गर्नका लागि वारम्बार आग्रह गर्दा पनि त्यसको बेवास्ता गर्दै नगरपालिकाका विभिन्न क्षेत्रमा मानिसहरु निस्फिक्री घुमिरहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा स्थलगत रिपोर्टिंगका क्रममा कपन अनलाइन पुग्दा धेरै पसलहरु खुल्ला रहेको पाइएको छ भने बेलुकाको समय भनेर धेरै मानिसहरु सडकमा घुमिरहेको भेटिएको छ।

त्यति मात्र हैन नगरपालिकाले खाद्यान्न पसल र अत्यावस्यक सेवालाई मात्र खुल्ला राख्ने निर्णय गरेकोमा कतिपय  वडाहरुमा भट्टी पसल र मदिरा पसल सहित ब्युटीपार्लर समेत निर्वाध रुपमा खुलेका छन।

ति स्थानमा  रहेका पसलको प्रकृति र खुल्ला भएको अवस्था देख्दा प्रहरी प्रसासन र स्वयंसेवकहरुले पनि आँखा चिम्ले झैँ देखिन्थ्यो भने मासुपसल र मिठाइ पसलेहरु पनि पसल खोल्न पाउदा मक्ख देखिन्थे।

राहत वितरणको चटारोमा जनप्रतिनिधि र सुरक्षाकर्मिको ध्यान कम जाने मौकाको फाइदा उठाएर बुढानिलकण्ठका व्यवसायी र पसलेहरुले लक डाउन उल्लङ्घन गरेर जनस्वास्थ्य माथि खेलवाड गरिरहेको एक स्थानीयले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।