कागेश्वरी मनोहरा नगरपालिकाका पसल दिउसो १२ बजे सम्म खुल्ने
कपन अनलाइन
काठमाडौं ,बैशाख २१ ।
कागेश्वरी मनोहरा नगरपालिकाका पसलहरु दिउसो १२ बजे सम्म खुल्ने भएका छन। नगरपालिका प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा सुरक्षा ,निकाय र वडा अध्यक्ष हरु विक्ष्ह बसेको बैठकले विभिन्न पसलहरु १२ बजे सम्म खोल्न दिने निर्णय गरेको हो।
त्यस्तै यसमा तरकारी र फलफुल बेच्ने ठेलागाडा लाई भने बिहान ९ बजे सम्म मात्र सिमा तय गरिएको छ। त्यस्तै उक्त बैठकले निर्माणको कार्यलाई सुरक्षा अपनाउदै सामाजिक दुरी कायम गरेर संचालन गर्न दिने निर्णय गर्दै भिड भाड हुने होटल ,रेस्टुरेन्ट आदि भने बन्द रहने नगर प्रवक्ता राजाराम पुडासैनीले जारि गरेको प्रेस बिज्ञप्तिमा जानकारी दिइएको छ ।
तपाइँको प्रतिक्रिया ।