बुढानिलकण्ठ १० को निशुल्क भोजन अभियानको व्यवस्थापनमा सक्रिय धुर्व नेपाल

बुढानिलकण्ठ १० को निशुल्क भोजन अभियानको व्यवस्थापनमा सक्रिय धुर्व नेपाल

कपन अनलाइन

काठमाडौं ,बैशाख २०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा अहिले करिव १८ सय जनालाई दैनिक निशुल्क भोजन गराउने अभियान चलिरहेको छ।कोरोना प्रकोपको मारमा परेर हातमुख जोर्न कठिन परेका नागरिकहरुलाई विभीन्न स्थानमा पुगेर प्याकिंग गरिएको भोजन वितरण गरिरहेको छ अनि त्यो नियमित प्रयासको संयोजन र व्यवस्थापन गरिरहेका छन धुर्व नेपाल र उनका सहयात्रीहरूले।

दैनिक करिव १८ सय जानका लागि भोजन तयार गरेर स्वयंसेवकहरुको सहयोगमा त्यसलाई प्याकिंग गरी वडा नं १० का विभिन्न स्थानमा रहेका वितरण स्थल सम्मको व्यवस्थापन गरिरहेका नेपाल नेकपाका नेता तथा व्यवसायी  हुन्। तत्कालिन नेकपा एमाले कपन गाउँकमिटि सचिव रहेर  कपनमा राजनीतिक नेतृत्व प्रदान गरेका नेपाल विषम परिस्थितिमा भोको पेट भर्ने अभियानमा सक्रिय रहन पाउदा हर्ष महसुस भएको बताउछन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले शुरु गरेको यस अभियानमा दैनिक २५ जना भन्दा स्वयंसेवकहरुको सहयोगमा भोजन तयारी ,प्याकिंग तथा वितरण गर्ने कार्यमा नेपाललाई समितिका सदस्यहरु वडा सदस्य चन्द्रमान श्रेष्ठ , नेपाली कांग्रेसका नेता राम प्रसाद लुइँटेल ,नेकपाका राम थपलिया लगायतले सक्रिय साथ दिएका छन।

दैनिक करिव ४०० केजी चामल ,६० केजी गेडागुडी , १ बोरा आलु तथा १०० केजी सम्म काउली उपयोग हुदै आएको भोजन मिलनचोक पार्टी प्यालेसमा तयार गरि विभिन्न क्षेत्रमा वितरण गरिदै आएको संयोजक नेपालले जानकारी दिएका छन।वडाका विभिन्न क्षेत्र बाट आएको मागका आधारमा तल उल्लेखित क्षेत्रमा निशुल्क भोजन वितरण हुदै आएको उनले जानकारी दिएका छन।

१.निखिलेश्वर क्षेत्र

२.  ज्योतिनगर

३.भद्रा पेट्रोल पम्प क्षेत्र

४.आकाशेधारा

५.गैरीगाउँ क्षेत्र

६.गौरीशंकर टोल

७.विवेक चोक क्षेत्र

८.साततले क्षेत्र

९.मिलनचोक क्षेत्र

१०.बालुवा खानी

त्यस्तै वडा नं १० को यस अभियानमा धेरै वडावासी संघ संस्था तथा व्यक्तिहरुले  सहयोग उपलव्ध गराउदै आएकोमा धन्यवाद दिदै व्यवस्थापन समितिका संयोजक नेपालले सो कार्यमा सक्रिय ढुवानी स्वयंसेवक ,चालक, पार्टी प्यालेसमा सकृय व्यक्ति तथा स्वयंसेवक लगायत वडा नं १० का जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।