बुढानिलकण्ठ -३ द्वारा खाद्यान्न ,तरकारी तथा फलफुलको विक्री मुल्य सार्वजनिक (मुल्य सुची सहित )

बुढानिलकण्ठ -३ द्वारा खाद्यान्न ,तरकारी तथा फलफुलको विक्री मुल्य सार्वजनिक (मुल्य सुची सहित )

कपन अनलाइन

काठमाडौं ,बैशाख २०।

बूढानीलकण्ठ नगरपालिका वडा नं.३ भित्र संचालित अत्यावश्यक खाद्यान्न सामाग्री,फलफुल,तरकारी तथा माछा-मासु पसलहरुमा  विक्री मूल्य फरक फरक देखिएकोले कोरोना भाईरस ( COVID 19 ) का कारण सृजित समस्या बाट आक्रान्त भएका सम्पूर्ण उपभोक्ताहरुले अत्यावश्यक सामाग्री खरीद गर्दा एकरुपता कायम गर्न मुल्य सुची सार्वजनिक गरेको छ ।

सामाग्रीको मूल्य सम्वन्धित सरोकारवाला संघ संस्थाको मूल्य सूचि भन्दा दर रेट बढि भएमा तोकिएको कम मूल्यमा बिक्री गर्नुपर्ने निर्णय गर्दै निम्न दर भाउ कायम गरिएको छ :

दाल चामल 
१) मुसुरोको दाल मोटो प्रति किलो रु.१२५सम्म।
२) मासको दाल प्रति किलो रु. १५० सम्म।
३) रहरको दाल ( पालिस नगरेको) प्रति किलो रु.१६०सम्म।
४) मुंगी दाल(खोस्टा भएको) प्रति किलो रु.१७०सम्म।
५) मुंगी दाल (छाटा ) प्रति किलो रु.१७५ सम्म।
६) चना..प्रति किलो रु.१२० सम्म।
७)केराउ ( सेतो ) प्रति किलो रु.८० सम्म।
८) केराउ ( हरियो ) प्रति किलो रु.१२५ सम्म।
९) बोडी प्रति किलो रु.१४०
१०) चिउरा( तराई टाईचिन ) प्रति किलो रु.७० सम्म।
११) चिउरा ( लोकल टाईचिन ) प्रति किलो रु.१३०सम्म।
१२) मैदा ..प्रति किलो रु.६० सम्म।
१३) चिनी..प्रति किलो रु.८५ सम्म।
१४) नुन..प्रति पाकेट रु.२० सम्म।
१५) तेल..पाकेटमा तोकिएको मूल्य भन्दा बढी लिन नपाउने।
तरकारी
१) प्याज प्रति किलो रु.४०सम्म।
२) आलु प्रति धार्नी रु.११० सम्म।
३) गोलभेंडा प्रति किलो रु.५० सम्म।
४) काउली प्रति किलो रु.४०  सम्म।
फलफुल 
१) स्याउ( फुजी ठूलो ) प्रति किलो रु.४०० सम्म।
२) स्याउ ( अल्फा )  प्रति किलो रु.३५०
३) अनार..प्रति किलो रु.२६० सम्म।
४) अंगुर प्रति किलो रु.२००  सम्म।
५) मेवा प्रति किलो रु.१२० सम्म।
माछा-मासु,अण्डा..
१) कुखुराको मासु ( ब्रोईलर ) प्रति किलो रु.२५० सम्म।
२) कुखुराको मासु ( प्यारेण्ट ) प्रति किलो रु.३७५ सम्म।
३) खसीको मासु प्रति किलो रु.१४००  सम्म।
४) माछा जिउँदो  प्रति किलो रु.५०० सम्म।
५) बंगुरको मासु प्रति किलो रु.५०० सम्म।
६) कालो सुंगुरको मासु प्रति किलो रु.५४०सम्म।
७) अण्डा प्रति क्यारेट रु.२५० सम्म।

त्यस्तै वडा नम ३ ले वडा वासिहरुलाई पनि माथि उल्लेखित रकममा समान खरिद गर्नका लागि अनुरोध गर्दै यदि कसैले बढी मुल्य लिएको खण्डमा वडा कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।