नि:शुल्क भोजन अभियानमा नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीको साथ
कपन अनलाइन
काठमाडौं ,बैशाख १९ ।काठमाडौंका बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ।उक्त खाना खुवाउने अभियानलाइ नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले साथ दिदै खाद्यान्न लगायतको सामग्री सहयोग गरेका छन।केहि दिन अघि मात्र उनले आफ्नो बुवा स्व. चक्र बहादुर ठकुरीको पाँचौ स्मृति दिवसको अवसर पारेर खाद्यान्न सहयोग गरेका उनले सो अभियानलाइ जारी राख्दै बिहिबार पनि काठमाडौंका बिभिन्न स्थानमा संचालित निशुल्क भोजन अभियानलाइ सहयोग गरेका हुन् ।
बिहिबार बिहान उनले गोकर्णेश्वर नगरपालिकाका वडा ७ स्थित दक्षिण ढोकामा ३ बोरा , गोकर्णेश्वर नगरपालिकाका वडा ४ मकालबारी बसपार्कमा ३ बोरा, त्यसै गरि का.म.पा बौद्द-६, निराग पार्टी प्यालेश ५ बोरा, कागेश्वरी मनोहरा नगरपालिका वडा २ आलापोटमा ३ बोरा १ कार्टुन तेल र माक्स लगायतको सामग्री हस्तान्तरण गरेका थिए ।विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बिमल ठकुरीले बताए ।
विषम परिस्थितिमा गरिएको सत्प्रयासमा हातेमालो गर्द यो सहयोग गरेको उनले बताए। उनले बुवा स्व. चक्र बहादुर ठकुरीलाइ स्मरण गर्दै सबैलाई सहयोग गर्नु पर्छ भन्ने भवना बुवामा रहेको त्यसैलाइ आफुले पछ्याउदै आएको पनि बताए । उनले आपतको बेलामा सबै जना एकजुट हुनुपर्नेमा जोड दिएका छन ।सो कार्यमा गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले समेत सहयोग गरेका थिए ।
उनले केहि दिन अघि मात्र आज्ञ बुवा स्व. चक्रबहादुर ठकुरीको पाँचौं स्मृति दिवसमा गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ३ /३ बोराको दरले करिब ५० बोरा चामल लगायतको सामग्री हस्तान्तरण गरेका थिए। उनले सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए ।