जोरपाटीमा गैरीगाउँ युवा क्लवको निशुल्क भोजन अभियान
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सक्रिय रहेको सामाजिक संस्था गैरीगाउँ युवा क्लवले निशुल्क भोजन वितरण गरिरहेको छ। काठमाडौं जोरपटी स्थित एभरेष्ट बैंक पछाडी क्लवले दैनिक १५ सय जनालाई निशुल्क भोजन वितरण गर्दै आएको छ।
सो क्लवले बैशाख ६ गते देखि गोकर्णेश्वर नगरपालिका वडा नं ५र ६ तथा विभिन्न समाजसेवीहरुको सहयोगमा निशुल्क भोजन वितरणको कामलाई निरन्तर संचालन गरिरहेको छ।
प्रकोपको विषम परिस्थितिमा क्लवले गरेको सेवाको अभियानमा सहयोग गर्नका लागि आग्रह गर्दै क्लवले इच्छुक महानुभावहरुले क्लवका अध्यक्ष सुनिल तामांग ,उपाध्यक्ष शिवभक्त शाही,सचिव दिपेस शाही वा ९८६०१५८३८७ मा सम्पर्क गरेर सहयोग गर्न सकिने जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।