गोकर्णेश्वर- ४ माकलबारी बसपार्क क्षेत्रमा लकडाउन प्रभावितलाइ लक्षित गरि नि:शुल्क भोजन शिबिर शुरु

गोकर्णेश्वर- ४ माकलबारी बसपार्क क्षेत्रमा लकडाउन प्रभावितलाइ लक्षित गरि नि:शुल्क भोजन शिबिर शुरु

कपन अनलाइन

काठमाडौं बैशाख १७।  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लक डाउन गरेको पनि एक महिना बितिसकेको छ। लामो समयको लक डाउनको कारण बिशेष गरि गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन। सोहि समस्यालाइ  मध्यनजर गर्दै आज बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी बस पार्क क्षेत्रमा निशुल्क भोजन अभियान संचालन गरिएको छ ।

लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई  गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा  नि:शूल्क खाना खुवाउने अभियान सुभारम्भ भएको  हो ।गोकर्णेश्वर नगरपालिका र वडा  संगको समन्वयमा त्यहाका  सक्रिय स्थानीय तथा संघ सस्थाहरुको  संयुक्त प्रयासमा लक डाउन प्रभावितहरुलाई लकडाउन अवधीभर  निशुल्क तयारी  खाना खुवाउने  कार्य शुरु  भएको हो ।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे ,प्रमुख सल्लाहकार दिपक रिसाल ,यज्ञडोल जगडोल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देल सहित स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा लकडाउन बाट प्रभावितहरुलाई निशुल्क खाना वितरण गरिएको थियो।

माकलवारि क्षेत्रमा दैनिक ज्यालादारी तथा मजदुरि गर्दै आएका विपन्न परिवारलाई ध्यान मा राखेर केही समय अगाडी वडाको तर्फबाट राहत बाडिएको थियो ,तर यो भन्दा खाना पकाएर खुवाउने कार्य प्रभावकारी देखिएको हुनाले यो कार्यक्रम गरिएको स्थानीय समाज सेवी प्रमिला शेर्पाले कपन अनलाइनलाइ बताइन। उनले त्यस्ता लकडाउन बाट प्रभावित ब्यक्तिहरुले खानाको लागि सम्पर्क गर्न  सकिने पनि बताइन । उनले गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा २ स्थान बाट निशुल्क भोजन शिबिर संचालन गरिएको थियो यो  संगै अब  ३ स्थान बाट निशुल्क भोजन शुरु भएको छ जसले गर्दा अन्य स्थानमा मानिसको चाप घट्ने बिश्वास पनि ब्यक्त गरिन ।

देशलाई परेको विपत्तीमा घरमा बस्नु भन्दा आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने मनस्थिती बनाएर खाना खुवाउँने अभियान संचालन गरेको युवा उद्यमी रोशन बाबु श्रेष्ठले कपन अनलाइनलाइ बताए।  कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा  गोकर्णेश्वर ४ माकलबारी बस पार्क क्षेत्रमा नगरपालिका र विभिन्न संघ सस्था तथा सहयोगीदाताहरुको   सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानको व्यवस्था  गरिएको युवा उद्यमी रोशन बाबु श्रेष्ठले बताए ।

उनले बिहान र बेलुका भर पेट खाना खुवाउन लागिएको जानकारी गराए। बिहान ९:३० देखि बिहान १०:३० सम्म र बेलुका ५:३० देखि साँझ ६:३० सम्म सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले तयारी खानाको प्याकेट वितरण गरिएको बताए ।उनले बिहान मात्र सयभन्दा बढीलाई निशुल्क खाना वितरण गरिएको बताए । सो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताउदै  बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको बताए। उनले सो अभियानमा सो इच्छाले जो कोहिले  सहयोग गर्ने सक्ने  बताए ।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले गोकर्णेश्वर नगरपालिका भरि नै नगरपालिका संग को समन्वयमा बिभिन्न संघ सस्था तथा सहयोगी दाताहरुको पहलमा निशुल्क भोजन अभियान संचालन भइरहेको बताए। उनले गोकर्णेश्वर नगरपालिका भित्र बसोबास गर्ने कोहि पनि भोको बस्न  नपरोस भनेर संचालन गरिएको अभियानमा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने पनि बताए।

 त्यस्तै ,यज्ञडोल जगडोल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देलले  सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको  प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए ।

तपाइँको प्रतिक्रिया ।