टोखाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई कोरोना (कोभिड -१९ ) सम्बन्धी अभिमुखिकरण

टोखाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई कोरोना (कोभिड -१९ ) सम्बन्धी अभिमुखिकरण

कपन अनलाइन

काठमाडौं ,बैशाख १४।

टोखा नगरपालिका स्वास्थ्य सल्लाहकार समितीले नगरपालिकाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा रहेको टोखा नगरपालिकालाई सहयोग गर्न बनेको समितिले शनिवार टोख चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा नगरमा रहेका स्वस्थ्य चौकि र केन्द्रमा कार्यरत स्वास्थकर्मी तथा नगर कार्यपालिका सदस्यहरुका लागि प्रकोप नियन्त्रण र रोकथामका विभिन्न पक्षहरुका वारेमा बिज्ञहरुले प्रस्तुतिकरण दिएका थिए ।

उक्त अभिमुखीकरणमा ग्रीन सिटि अस्पतालका कन्सल्टेन्ट  फिजिसियन डा. खेम राज भुसालले नवोल कोरोना भाइरस (कोभिड-१९) को उत्पति र त्यसले निम्त्याउन सक्ने समस्या तथा रोगले गर्ने असरहरुका बारेमा विस्तृत जानकारी दिदै आर.डी.टी र पि.सि.आरबाट गरिने परिक्षणको भिन्नताका विषयमा पनि जानकारी गराएका थिए भने  वीर अस्पतालका प्रा.डा. विधान निधी पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनीधि तथा स्वयं सेवकहरुले अपनाउनु पर्ने सावधानीका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

बागमती प्रदेस सरकारका प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा  कार्यपालिका सदस्यहरु सहभागी उक्त अभिमुखीकरणमा ओम अस्पतालका नसिङ्ग डाइरेक्टर उमा श्रेष्ठले कोभिड-१९ भाइरसबाट बच्नका लागि स्वास्थ्यकर्मीले प्रयोग गरिने स्यानिटाइजर, ब्यक्तिगत सुरक्षा पोषाक (पीपीई) तथा क्वोलोरिनको प्रयोग तथा त्यसको महत्वको बारेमा श्र प्रयोगात्म तरिकाले प्रस्तुतीकरण दिएकी थिइन्।

त्यस्तै गरी टोखा नगरपालिका स्वास्थ्य सल्लाहकार समितिका संयोजक दुर्गा खड्का मिश्रले नेपालर सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समितिले जारी गरेको नीति नियम तथा त्यसमा गरिएको व्यवस्थाको बारेमा जानकारी गराएका थिइन ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकामा वसोवास गर्ने बिज्ञ स्वास्थ्यकर्मीहरुले विषम परिस्थितिमा प्रदान गरेको सल्लाह र सहयोगका लागि आभार प्रकट गर्दै सहकर्मी  जनप्रतिनिधिहरुलाई आफ्नो सुरक्षाको ख्याल राख्दै नगरवासीको सेवा गर्न आग्रह गरेका थिए।

बैशाख १३ गते सनिवार टोखा नगरपालिकाका  स्वास्थ्यकर्मी तथा जनप्रतिनीधिहरुलाई छुट्टाछुट्टै गरी दुई चरणमा कोभिड-१९ बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।